मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

समाजवाद भन्नेहरु नै पुँजीवादी पार्टीमा परिणत : सांसद सुवाल

Ujyalosandeshonline 12431+ समाचार ( )
१० माघ २०८०, बुधवार

काठमाडौं । नेपाल मजदुर किसान पार्टीक सांसद प्रेम सुवालले समाजवाद भन्ने पार्टीहरु पुँजीवादी पार्टीमा परिणत भएको टिप्पणी गरेका छन् । 

नेमकिपाको ५० औं स्थापना दिवसका अवसरमा काठमाडौंमा बुधबार आयोजित प्रवचन कार्यक्रममा उनले प्रजातान्त्रिक समाजवाद र कम्युनिष्ट नै दाबी गर्ने शीर्ष पार्टीहरुले नै समाजवादको आचरणलाई पालना नगरेको आरोप लगाए । 

उनले भने,‘नेपाली कांग्रेसले प्रजातान्त्रिक समाजवाद भन्छ तर समाजवादको परिभाषा अनुसारको काम गर्दैन । एमाले–माओवादी दुईवटै आफूलाई कम्युनिष्ट नै दाबी गर्छन् । तर, दुवैले समाजवादको आचरणलाई पालना गर्दैनन् । त्यसकारण समाजवाद भन्ने पार्टीहरु पुँजीवादी पार्टीमा परिणत भएका छन् ।’

सांसद सुवालले आफूलाई कम्युनिष्ट दाबी गर्नेहरुले नै एमसीसी एसपीपीको समर्थन र राष्ट्रघाती  नागरिकता विधेयक पास गरेकाले उनीहरुलाई कम्युनिष्ट भन्न नमिल्ने बताए । उनले  एमालेलाई न्यायाधीश र वैधानिक आयोगको भागबन्डा लिन भन्दा पनि प्रमुख विपक्षी दलको जिम्मेवारी राम्रोसँग निर्वाह गर्न सुझाव दिए । 

‘कम्युनिष्ट दाबी गर्नेहरुले एमसीसीमा अमेरिकी कानुन र नीति पालना गर्नुपर्ने स्पष्ट उल्लेख गरिएको छ । त्यस्तो सम्झौता समर्थन गर्ने, एसपीपीको समर्थन गर्ने, नागरिकता विधेयक जस्तो राष्ट्रघाती विधेयक पास गर्ने यिनीहरु कम्युनिष्ट होइनन् । भ्रष्टाचार गर्ने, सत्ता सरकारसँग भागबण्डा लिने कम्युनिष्ट होइनन्,’ उनले भने,‘एमालेलाई हामीले सचेत गराएका हौं प्रमुख विपक्ष दलको जिम्मेवारी राम्रोसँग निर्वाह गर्नु, न्यायाधीशको भागबन्डा संवैधानिक आयोगको भागबन्डा नलिनु । एमालेले भागबन्डा लिने गरेकाले संसदले जनताका लागि कुनै विधेयक बनाउन सकेको छैन ।’ 

श्रम स्वीकृति र पर्यटक भिसा बन्द गरी नेपाली युवालाई स्वदेशमै रोजगारी दिनुपर्ने काम गर्न नसके सरकारले सिंहदरबारबाट बिदा लिनुपर्ने तर्क उनले गरे । 

उनले भने,‘श्रम स्वीकृति बन्द गर्नुपर्छ, पर्यटक भिसा बन्द गर्नुपर्छ र नेपाली युवालाई सरकारले नेपालभित्र रोजगारी दिनुपर्छ । विकासलाई अगाडि बढाउनुपर्छ । यदि सरकारले त्यस्तो गर्न सक्दैन भने सिंहदरबारबाट बिदा लिनुपर्छ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार