मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

कञ्चन गाउँपालिकामा सार्वजनिक सेवा प्रवाह सुधारका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न

जगीलाल थापा 30+ समाचार ( )
२८ अशोज २०८२, मङ्गलबार

कञ्चन । रुपन्देहीको कञ्चन गाउँपालिकामा सार्वजनिक सेवा प्रवाह र पञ्जिकरण सम्बन्धी एक दिवसीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। कञ्चन गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुको सहभागितामा भएको यस कार्यक्रममा ईलाका प्रशासन कार्यालय बुटवलका प्रमुख रामचन्द्र अर्यालले सहजीकरण गर्नुभएको थियो।

कार्यक्रमको मुख्य उद्देश्य सार्वजनिक सेवा प्रवाह र स्थानीय तहमा पञ्जिकरणलाई अझ प्रभावकारी बनाउनु रहेको थियो।अन्तरक्रियात्मक शैलीमा सञ्चालित यस अभिमुखीकरणमा सहभागीहरुले स्थानीय तहमा सेवा प्रवाह र पञ्जिकरण सेवामा देखिने समस्या, चुनौती र जटिलताहरुका बारेमा जिज्ञासा राखेका थिए।

कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले नागरिकका लागि सहज र गुणस्तरीय सेवा प्रवाहमा जनप्रतिनिधि र कर्मचारी दुवैको समान जिम्मेवारी र उत्तरदायित्व हुने बताउनुभयो। उहाँले सेवाग्राहीलाई प्रोत्साहित गरेर सेवा प्रदान गर्नुपर्ने र सेवा प्रदायक स्थललाई नागरिकले आफ्नोपन महसुस गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो।

अध्यक्ष ढकालले स्थानीय तह नागरिकको नजिकको सरकार भएकोले कानुनको पालना गराउँदा समेत नागरिकलाई कर्तव्यबोध गराउन सक्नु असल कर्मचारीको गुण भएको उल्लेख गर्नुभयो। साथै, उहाँले सेवाग्राहीसँग गरिने सानोतिनो दुर्व्यवहार पनि कुनै दिन प्रत्युत्पादक बन्न सक्ने कुरामा ध्यान दिन आग्रह गर्नुभयो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधवराज पोखरेलले सञ्चालन गरेको यस कार्यक्रममा उपाध्यक्ष मौसमी थापा मगरको पनि उपस्थिति रहेको थियो। कार्यक्रम गाउँपालिकाको सभाहलमा सम्पन्न भएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार