जग्गा बकसपत्रमा घुस लिने तीन नासु र दुई लेखापढी व्यवसायी अख्तियारको नियन्त्रणमा

Ujyalosandeshonline 12428+ समाचार ( )
१६ श्रावण २०८३, शनिबार

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गा बकसपत्र गराउने क्रममा सेवाग्राहीसँग घुस लिएको आरोपमा भूमिसुधार तथा मालपोत कार्यालय ललितपुरका तीन जना नायब सुब्बासहित पाँच जनालाई नियन्त्रणमा लिएको छ।अख्तियारको टोलीले गएराति ललितपुरस्थित एक होटलबाट मालपोत कार्यालयका नासु उत्तम कुँवर, विशाल सुन्दास र राजकुमार मगरका साथै लेखापढी व्यवसायी शैलेन्द्र रानामगर र समिर कटवाललाई पक्राउ गरेको हो ।

जग्गा बकसपत्रको काममा सेवाग्राहीलाई दुःख र हैरानी दिई घुस मागेको सूचनाका आधारमा खटिएको टोलीले उनीहरूलाई तीन लाख रूपैयाँ घुस रकमसहित रंगेहात नियन्त्रणमा लिएको जनाएको छ। पक्राउ परेकाहरूको साथबाट घुस रकमका अतिरिक्त स्रोत नखुलेको थप २५ हजार रूपैयाँसमेत बरामद गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार