सात सय बर्ष अघिको पुरातात्विक संरचना फेला

Ujyalosandeshonline 11057+ समाचार ( )
२३ पौष २०८१, मङ्गलबार

दिपेश पौडेल

रौतहट । धार्मिक तथा ऐतिहासिक महत्व बोकेको बानेश्वर महादेव स्थल वरपर उत्खनन् गर्दा पुरातात्विक संरचना फेला परेको छ । 

गौर नगरपालिकावडा नं. २ स्थितमा रहेको मन्दिर वरपरको क्षेत्रमाकरिव  सात सय बर्ष अघिको भग्नावेश संरचना भेटिएको हो । बानेश्वर महादेव मन्दीरको पछाडी र अगाडी तर्फको भागमा उत्खनन गर्दा सिम्रौनगढ राजाको समयका इटाहरु फेला परेको पुरातात्विक विद देबेन्द्र तिवारीले बताए ।

उनका अनुसार सोहि समयका गाग्री, घोडाको मकुट सहितका सामानहरु पनि भेटिएको छ । चार फिटतल उत्खनन गर्दा २८ सेन्टिमिटर लम्बाई, ३० सेन्टिमिटर चौडाई र ६ सेन्टिमिटर बाक्लो रहेको ईटा फेला परेको उनले जानकारी दिए । यो इटा सिम्रौनगढको तत्कालिन साम्राज्यका समयका भएको उनको दावी छ । पुरातात्विक विभागको प्रयासमा उत्खनन् थालेको दोश्रो सातामा ऐतिहासिक महत्वका भग्नावेशहरु भेटिएको हो । 

गौरमा रहेको बानेश्वर शिवालय र सोवर्णामाई मन्दीर धेरै बर्ष पुरानो मानिन्छ । यो राजाशिव सिंहले बेलामा बनाएको बताइन्छ । राजा शिव सिंह तत्कालिन ति रहुत राज्यको राजा थिए उनि सिम्रौनगढबाट शासन ब्यबस्था चलाउथे राजाशिव सिंहको शासन  १३३५ ई सम्म चलेको इतिहास रहेकोले सो मन्दिर त्यस पूर्व नै बनाइएको जानकारहरु बताउछन । लालबकिया नदि भन्दा करिब ५ सयमिटर पुर्वमा रहेको सो मन्दिर निकै नै पुरानो र ऐतिहासिक मानिन्छ । यहाँ उत्खनन गर्दा केही पुरानो भग्नावेशहरु भेटिने अपेक्षा अनुसार पुरातात्विक विभागमा खबर गरेको गौर नगरपालिकाका नगर प्रमुख शम्भु साहले बताए । 

पुरातात्विक विद्हरुको रोहवरमा निरीक्षण गरेर गएपछि तिन सदस्यीय टोली यहाँ उत्खनन थालेको उनको भनाई छ । उनका अनुसार उत्खनन कार्य जारी रहेकाले अझै पुराना संरचना भेटिन्छ । 

अर्को प्रसंगमा १९९० सालको भूकम्पको समयमा प्राय इनारहरुबाट बालुवा र कोइला निस्केको थियो  ितर उक्त इनारको पानि भुकम्पपछि पनि पिउने लायक नै रहेकाले सोहि इनारबाट हालका महादेवपट्टिका स्थानियहरुले पानी ल्याई खाएको जनबिश्वास रहेको बताइन्छ । धार्मिक पर्यटनका क्षेत्रमा यस उत्खननले धेरै टेवा पुग्ने गौर नगरपालिकाले विश्वास लिएको छ ।



प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार