मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

मुख्यमन्त्री कार्यालय अगाडि सहिद परिवारका सदस्यहरु धर्नामा

Ujyalosandeshonline 12431+ समाचार ( )
१३ जेठ २०८२, सोमबार

जनकपुर । जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय अगाडि मधेश प्रदेशका ८ वटै जिल्लाका शहिद परिवारका सदस्यहरु धर्नामा बसेका छन् । विभिन्न ४ वटा माग राख्दै उनीहरु आज दिउँसोदेखि शान्तिपूर्ण धर्नामा बसेका हुन । उनहरुले मधेशी सहिद प्रतिष्ठानमा अविलम्ब सदस्य नियुक्त गर्नुपर्ने, सहिद परिवारका सदस्यहरुका लागि प्रदेश सरकारले घोषणा गरेको स्वास्थ्य विमा लागु गर्नुपर्ने, एक परिवार एक रोजगारी दिनु पर्ने र सहिद परिवारका छोरा छोरीहरुलाई शिक्षामा छात्रवृति दिनु पर्ने माग राखेका छन् ।

विगतमा आफ्ना समस्याहरु सुनाउन पटक पटक गृहमन्त्री राज कुमार लेखी र मुख्यमन्त्री सतिश कुमार सिंहलाई भेट्न जाँदा उनीहरुले घण्टौं बसाएर आश्वासन बाहेक अरु केही नदिएको शहिद चन्दन पटेलका पिता अवदेश पटेलले आरोप लगाएका छन् । उनले सहिद परिवारलाई अहिलेको जनमत नेतृत्वको सरकारले कुनै वास्ता नगरेको गुनासो गरेका छन् । गृहमन्त्री लेखी र मुख्यमन्त्री सिंहले आफूहरुको समस्याको वास्ता नगरे पछि आजदेखि शान्तिपूर्ण धर्नामा बसेको पटेलले बताए । उनले आफूहरुको माग पूरा नभए सशक्त आन्दोलन गर्न बाध्य हुने चेतावनी समेत दिएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार