मुख्य समाचार
ओमसतियामा गाउँपालिकाको आधुनिक प्रशासनिक भवनको शिलान्यास | एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत | आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय | ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो | उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद | प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ |

धनराज गुरुङले गरे गृहमन्त्री लामिछानेमाथि संसद्को कारबाही माग

Ujyalosandeshonline 11568+ समाचार ( )
७ जेठ २०८१, सोमबार

काठमाडौं । कांग्रेस सांसद धनराज गुरुङले सभामुख देवराज घिमिरेलाई पत्र लेख्दै उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेमाथि कारबाहीको माग गरेका छन् । तथ्यहीन र आधारहीन कुरा गरेर कांग्रेस सांसदहरुको मानमर्दन गरेकाले  लामिछानेमाथि कारबाही हुनुपर्ने भन्दै उनले पत्र लेखेका हुन् । 

सहकारीको रकम अपचलन आरोपमा मन्त्री लामिछानेविरुद्ध छानबिन गर्न कांग्रेसले संसदीय समिति गठनको माग गर्दै आएको छ । उक्त आरोपका सन्दर्भमा सफाइ दिन प्रतिनिधि सभाको आइतबारको बैठकमा मन्त्री लामिछानेलाई सभामुखले बोल्ने समय दिएका थिए । आफ्नो सफाइ पेस गर्ने क्रममा लामिछानेले सञ्चारमाध्यमले लेखेका भरमा व्यक्ति केन्द्रित समिति गठन गर्नुको औचित्य नभएको बताएका थिए । संसदमा उनले आफू निर्दोष रहेको बताइरहँदा प्रतिपक्षका धेरै नेताहरु विभिन्न काण्डमा मुछिएको समाचारहरु आएको भन्दै आक्षेप लगाएका थिए । 

लामिछानेले ‘रोष्ट्रमबाट तथ्यहीन, आधारहीन कुरा गरि नेपाली कांग्रेसका प्रतिनिधि सभाका सदस्यहरु माथि मानमर्दन गर्न खोजेको, हुँदै नभएको कुरालाई बढाइचढाइ गरेर आम नागरिकलाई भ्रममा पार्न खोजेको, अदालतले गरेको फैसलामाथि धावा बोलेको, अदालतको निर्णयको वर्खिलाप गरि अदालतको समेत अवहेलना गरेको, अदालतवाट सफाई पाइसकेका रातो कूटनीतिक पासपोर्टको विषयलाई तोडमोड गरि प्रस्तुत गरि आम नागरिकबीच भ्रम सृजना गर्न खोजेको’ गुरुङको पत्रमा छ । 

‘आफूलाई अदालतभन्दा माथि राखी अभिव्यक्ति दिएको व्यहोरा स्मरण गराउन चाहन्छु । उहाँले बोलेका कुराहरुको अडियो तथा भिडियो प्रतिनिधि सभा सचिवालयमा सुरक्षित रहेको पनि होला । देशको गृहमन्त्रीले अनैतिकरुपमा तथ्यहीन कुरा गर्दा संसदको अवहेलना हुन पुगेको छ,’ उनको पत्रमा छ, ‘उहाँले बोलेको कुराहरु पुष्टि गर्न म उहाँलाई चुनौती दिन चाहन्छु । यदि पुष्टि नभएमा उहाँमाथि कारबाही गर्न माग गर्दछु ।’

प्रतिनिधि सभा नियमावलीको नियम २१९ मा सभाका सदस्यले पालना गर्नुपर्ने आचरण पनि गृहमन्त्री लामिछानेले पालना नगरेको गुरुङले उल्लेख गरेका छन् । उनले लामिछानेलाई संसदको अवहेलनामा कारबाही गर्न माग गरेका छन् ।  लामिछानेले रोष्ट्रमबाट कूटनीतिक राहदानी दुरुपयोग गरेको भन्ने आरोपको सम्वन्धमा सर्वोच्च अदालतको २०६४ असोज २४ को फैसला प्रतिलिपि पनि  निवेदनका साथ संलग्न गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार