मुख्य समाचार
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह | भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण | आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन | नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको सुरुआत हुने विश्वास | ओझलमा ऐतिहासिक ढोलथान | चरा संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा जोड | मुस्ताङ अस्पतालमा बढे बिरामी | मुस्ताङमा सेवाग्राहीको हातैमा राहदानी | मानव स्वास्थ्यमा असर पार्ने विषादी भएका तरकारी र दूधमा फेला | रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ |

अवरोध नहटे संसदको बजेट अधिवेशन अन्त्य गर्ने तयारी

Ujyalosandeshonline 11474+ समाचार ( )
११ जेठ २०८१, शुक्रबार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले ठूला दलका नेतासँग छलफल सुरु गरेका छन् । केहीबेरअघि प्रधानमन्त्री निवास बालुवाटारमा जम्मा भएका नेताहरुसँग प्रधानमन्त्रीले समसामयिक बिषयमा छलफल सुरु गरेको उनको निजी सचिवालयले जनाएको छ ।

एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका महामन्त्री गगन थापा, नेता कृष्ण सिटौला, रमेश लेखक, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेल बालुवाटारमा जम्मा भएका छन् ।

प्रधानमन्त्रीले एमाले, माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका शीर्ष नेतासँग छलफल गरेर संसदमा जारी अवरोध खुलाउने विकल्प खोज्न लागेका बताईएको छ ।

प्रतिपक्षी कांग्रेसले माग गर्दै आएको संसदीय छानबिन समिति, संसदमा जारी विरोध र संसदीय समितिको कार्यादेशका विषयमा शीर्ष नेतासँग छलफल गरेपछि सहज अवस्था हुने प्रधानमन्त्रीले अपेक्षा गरेको थाहा भएको छ ।

प्रधानमन्त्रीले आजै बिहान राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटेका थिए । उनले संसदको  जारी अवरोधले सरकार नीति तथा कार्यक्रम पारित गर्न असमर्थ भैरहेको राष्ट्रपतिसँग चर्चा गरेका थिए । यही अवस्था जारी रहे नयाँ बजेट संसदमा प्रस्तुत गर्न सम्भव नहुने तर्फ पनि प्रधानमन्त्रीले राष्ट्रपतिलाई अवगत गराएको शीतल निवास सूत्रले बताएको छ ।

संसदको वैठक आज पनि अवरुध्द भएपछि १३ गतेलाई अर्को वैठकको मिति तोकिएको छ । त्यसदिनसम्ममा प्रतिपक्षी दलसँग सहमति बनेर संसद निर्वाध अघि बढ्नसक्ने अवस्था आयो भने सरकार नीति तथा कार्यक्रम पारित गराएर बजेट घोषणाको अन्तिम तयारीमा लाग्ने देखिएको छ । केहीगरी प्रतिपक्षी दल सहमत नभएर अवरोध जारी रहने परिस्थिति देखियो भने बजेट अधिवेशन नै अन्त्य गरेर अध्यादेशबाट बजेट ल्याउने प्रधानमन्त्रीको रणनीति रहेको समाचार सूत्रले बताएको छ ।

 यही कारणले राष्ट्रपतिसँग परामर्श गरेपछि प्रधानमन्त्रीले दलका शीर्ष नेताहरुसँग छलफल गरेका हुन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार