मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |
मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |


लिस्नु कप फुटबल प्रतियोगिताको २३औं संस्करण भदौ १४ गतेबाट

Ujyalosandeshonline 12431+ समाचार ( )
६ भाद्र २०८२, शुक्रबार

भैरहवा । यस क्षेत्रकै प्रतिष्ठित प्रतियोगिताको रुपमा रहेको लिस्नु कप फुटबल प्रतियोगिताको २३ औ संस्करण भदौ १४ गते शनिबारबाट हुने भएको छ । रुपन्देहीको तिलोत्तमा-१५ मा रहेको लिस्नु युवा क्लबको आयोजनामा हुने प्रतियोगिताता श्री पशुपति माध्यमिक विद्यालयको प्रांगणमा हुने आयोजकले जनाए । 

प्रतियोगिता बारे जानकारी दिने उद्देश्यले शुक्रबार पथ्थरडाँडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै खेल संयोजक पदम बहादुर थापाले प्रतियोगिताको फाइनल खेल भाद्र २७ गते शुक्रबार हुने बताए । प्रतियोगिताको विजेता टिमले ४ लाख ४ हजार ४४४ रुपैया नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले २ लाख २ हजार २२२ रुपैया सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ।

यसै गरि सर्वोत्कृष्ट खेलाडीलाई २५ हजार, उत्कृष्ट गोलरक्षकलाई १२ हजार ५ सय, सर्वाधिक गोलकर्ताले  १२ हजार ५ सय, राइजिङ खेलाडीले १२ हजार ५ सय प्रत्येक दिनको सर्वोत्कृष्ट खेलाडीले  ५ हजार र अनुशासित टिमले आकर्षक ट्रफी पाउने खेल संयोजक थापाले बताए । 

प्रतियोगिता ९ ए साइड को रहनेछ । विगतका दिनमा ५ सय जना दर्शकमात्र व्यवस्थित साथ प्यारफिटमा बसेर हेर्ने व्यवस्था गरिएतापनि यस वर्ष ८ सय जना दर्शक व्यवस्थित साथ बसेर हेर्ने व्यवस्था मिलाईको । यद्यपि करिब ३ हजार जना दर्शकले खेल अवलोकन गर्दै आइरहेको लिस्नु क्लबका सचिव मनोज कुमार क्षेत्रीले जनाए । 

खेललाई व्यवस्थित बनाउन जिल्ला फुटबल संघबाट निर्णायक टोलीलाई आमन्त्रण गरिएको छ र खेललाई फिफाको नियमानुसार खेलाईनेछ । प्रतियोगितामा सहभागि सम्पूर्ण टिमका खेलाडीहरुको खेलअवधि भरका लागि १ लाखको दुर्घटना बिमाको व्यवस्था रहेको क्षेत्रीले जनाए । 

प्रतियोगितामा आयोजक लिस्नु युवा क्लब, तिलोत्तमा,  झरना स्पोर्टस् क्लब, तिलोत्तमा-०५,फर्साटिकर एफ. सी., फर्साटिकर, भैरहवा अञ्चलपुर युवा क्लब, सिद्धार्थनगर, समपुर्ण युवा क्लब, तिलोत्तमा-१४, सुपौली, अभिषेक चर्च, रजहर, नवलपरासी, गोर्खा वोइज, बुटवल, देवदह वोइज, खैरेनी, वालिङ्ग-११, वालिङ्ग नगरपालिका,  पाल्पा-११, पाल्पा, नवलपरासी-११ नवलपरासी र कपिलवस्तु-११, कपिलवस्तु सहभागी रहेका छन ।

क्लबको २०८२ साउन १० गते बसेको बैठकको निर्णयअनुसार, प्रतियोगिताको मुख्य प्रायोजक यशोदा फुड्स र सह-प्रायोजक तिलोत्तमा नगरपालिका वडा नं. १५ को वडा कार्यालय रहेको क्लबका अध्यक्ष तिर्थराज मल्लले बताए । कुल १२ वटा टिमको सहभागिता रहने यस प्रतियोगितालाई विगतको भन्दा अझ व्यवस्थित र प्रभावकारी बनाउने प्रयास गरिएको अध्यक्ष मल्लले बताए । 

क्लबका अध्यक्ष तिर्थराज मल्लको अध्यक्षता, तिलोत्तमा नगरपालिका वडा नम्बर १५ का वडा अध्यक्ष खेमराज गुरुङ्गको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमा रुपन्देही फुटबल संघका अध्यक्ष लोक बहादुर पुन, पन्चकन्या समूहका प्रवन्धक देवेन्द्र साहू, यसोदा फूड्सका मधुसुदन घिमिरे लगायतले बोलेका थिए । कार्यक्रमको सन्चालन क्लबका सचिव मनोज कुमार क्षेत्रीले गरेका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार