मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

सप्तरीबाट १३ जना सडकआश्रित मानिसहरुको उद्धार

Ujyalosandeshonline 12437+ समाचार ( )
३ कार्तिक २०८१, शनिबार

राजविराज । मेचीमहाकाली राष्ट्रिय उ्द्धार यात्राको पाँचौ दिन मधेश प्रदेशको सप्तरीबाट १३ जनाको उद्धार भएको छ ।‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ भन्ने भावनासहित मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा यात्रा सुरु भएको हो ।

मेचीमहाकाली राष्ट्रिय उद्धार यात्राअन्तर्गत राजविराज नगरपालिका वडा–७ बाट ४ जना, वडा–६  बाट ३ जना र  वडा–१ बाट १ गरि ८ जना र त्यस्तै सप्तकोशी नगरपालिका–१ बाट ५ जनाको उद्धार गरिएको हो । उद्धार गरिएका ११ जना पुरुष र २ जना महिलालाई शुक्रबार नै  मानवसेवा आश्रम सर्लाही सेवाकेन्द्रमा गृहप्रवेशका लागि लगिएको छ । 

उद्धार टोली शनिबार लहान र जनकपुरधाम क्षेत्रमा  बेवारिसे अवस्थामा रहनुभएका मानवहरुको उद्धार सेवामा रहनेछ । उद्धार यात्रा टोली तथा स्थानीय जनप्रतिनिधिहरुद्वारा शुक्रबार बिहान संयुक्त रुपमा सचेतनामूलक ¥याली प्रदर्शनसहित राजविराज नगरपालिकाको परिक्रमा गर्दै नगरपालिकाको प्राङ्गणमा जम्मा भई राष्ट्रिय उद्धार यात्राको उद्देश्यबारे जानकारी गराइएको थियो ।

मानवसेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीज्यूले चाडपर्वको समयमा सडकआश्रित मानवहरुको उद्धार गरी उपचार, संरक्षण तथा सुन्दर पारिवारिक पुनर्मिलन गराउने उद्देश्यका साथ यात्रा सुरु गरिएको बताउँदै सहयोगका लागि सरोकारवाला सबैलाई आग्रह समेत गरे । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार