मुख्य समाचार
"घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ | मूल्यवृद्धिका कारण निर्माण क्षेत्र ठप्प, ‘निर्माण आपतकाल’ घोषणा गर्न व्यवसायीको माग |
मुख्य समाचार
"घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ | मूल्यवृद्धिका कारण निर्माण क्षेत्र ठप्प, ‘निर्माण आपतकाल’ घोषणा गर्न व्यवसायीको माग |


सिद्धार्थनगरको बजेट १०४०००००००

Ujyalosandeshonline 11004+ समाचार ( )
१० असार २०८१, आइतबार

भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१÷८२ नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । आइतबार भैरहवामा आयोजित नगर सभाको १६औं अधिवेशनमा नगर प्रमुख इश्तियाक अहमद खाँले नीति तथा कार्यक्रम र उपप्रमुख उमा अधिकारीले बजेट सार्वजिनक गरेका हुन् । नगरपालिकाले शिक्षा, स्वास्थ्य, कृति, पर्यटन, पूर्वाधार विकास, लक्षित वर्गको उत्थानमा विशेष जोड दिँदै नीति तथा कार्यक्रम र बजेट ल्याएको छ ।

आगामी आर्थिक वर्ष ०८१÷०८२ मा संघ र प्रदेश सरकारबाट प्राप्त वित्तीय समानीकरण, सशर्त अनुदान, राजस्व बाँडफाँट, समपूरक अनुदान, विशेष अनुदान, दातृ निकायबाट प्राप्त रकम, राजस्व बाँडफाँडबाट प्राप्त हुने रकम, आन्तरिक आयबाट समेतबाट गरी १ अर्ब ४ करोड २५ लाख ५४ हजार बराबरको बजेट ल्याइएको सिद्धार्थनगर नगरपालिकाको उपप्रमुख उमा अधिकारीले बताइन् । नगरपालिकाले चालु आ.व भन्दा करिब ३० करोड बजेटको आकार घटाएर आगमी आ.व.का लागि बजेट ल्याएको छ ।

उपप्रमुख अधिकारीले आगामी आर्थिक वर्षका लागि संघीय सरकारबाट समानिकरण अनुदानमा १८ करोड २८ लाख, ससर्त अनुदानबाट २८ करोड १२ लाख ६७ हजार, समपुरक अनुदान १ करोड ५० लाख, विशेष अनुदान १ करोड ६० लाख, राजस्व बाँडफाँड ११ करोड ८ लाख १ रुपैयाँ र प्रदेश सरकारबाट वित्तीय समानिकरण अनुदान १ करोड ३० लाख ९२ हजार प्राप्त हुने बताइन् ।

यस्तै, सशर्त अनुदान १ करोड १० लाख ६२ हजार, समपुरक अनुदान १ करोड ५ लाख, विशेष अनुदान २० लाख, राजश्व बाँडफाड ७७ लाख ९ हजार, मालपोत कार्यालयबाट प्राप्त हुने राजश्व बाँडफाडको रकम ५ करोड ५० लाख, आन्तरिक राजस्व २४ करोड ९५ लाख, अनुमानित बैंक मौज्दात ८ करोड ७८ लाख २३ हजार ९ सय ९९ गरी नगरपालिकाले जम्मा १ अर्ब ४ करोड २५ लाख ५४ हजार रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरिएको हो ।

त्यस्तै नगर प्रमुख खानले ‘कृषि पर्यटन, उद्योग व्यापार र शिक्षाः हराभरा बुद्धभूमि सिद्धार्थनगरको इच्छा’ भन्ने नगरपालिकाको दिर्घकालीन सोचलाई साकार पार्ने गरि नीति तथा कार्यक्रम तयार पारिएको बताए । नीति तथा कार्यक्रममा नगरपालिकामा सुशासन कायम, शिक्षा र स्वास्थ्यमा नागरिकको पहुँच, समावेशी विकास, कृषिको आधुनिकिकरण, सहकारी क्षेत्रको सुशासन, पर्यटन र उद्योग व्यापार क्षेत्रको बिस्तार र विविधीकरण, दीगो विकास, बातावरण तथा पर्यावरणमा संरक्षण, पूर्वाधार निर्माण र सन्तुलित तथा गुणस्तरीय विकासलाई प्राथमिकता दिइएको छ ।

नगरपालिकाको सार्वजनिक प्रशासनलाई जनमुखी, जवाफदेही, पारदर्शी, समावेशी र जनसहभागितामूलक बनाइने, भ्रष्टाचारमुक्त, छिटोछरितो सेवा प्रवाह, महिला सशक्तिकरण तथा लैंगिक न्यायको विकास, गरिवी निवारण, सन्तुलित वडाको विकास, सार्वजनिक सुनुवाइ कार्यक्रम र जनप्रतिनिधि तथा कर्मचारीको क्षमता अभिबृद्धि कार्यक्रम संचालन गरिने उल्लेख छ । यसैगरि, नगरमा शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन सार्वजनिक सडक र स्थानमा आवश्यकता अनुरुप सिसी क्यामेरा र एनपीआर प्रणाली जडान गरिने खाँले बताए ।


फोहोर मैला व्यवस्थापनका लागि सार्वजनिक नीजि साझेदारी नीति अवलम्बन गरिने, सवै वडामा अनिवार्य रुपमा टोल विकास संस्थाको गठन गरि परिचालन, सीपमूलक तथा स्वरोजगारमूलक तालिम, गरिव तथा बिपन्न दलित, जनजाती, एकल तथा अपाङ्ग महिला, हिंसापीडित लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको विकास र सशक्तिकरण, कम्तिमा चारवटा वडामा मेलमिलाप केन्द्रको स्थापना, सवै वडामा कानुनी साक्षरता अभियान शिविर, सवै वडामा औषधि, उपकरण तथा प्रविधिसहितका स्वास्थ्य चौकी स्थापना गरिने, क्षयरोग कुष्ठरोग आदि सरुवा रोगको सर्ने माध्यम नियन्त्रणका उपाय तथा उपचार बिधिवारे सचेतनामूलक कार्यक्रम टोलस्तरमैं संचालन गरिने जनाइएको छ ।

सामुदायिक छाडा कुकुरहरुको नियन्त्रणका लागि स्थायी बन्ध्याकरण तथा रेबिज भ्याक्सीनेसन कार्यक्रमलाई निरन्तरता, आगमी आ.व.लाई कर सहभागिता वर्षको रुपमा मनाइने, नेपाल सरकार तथा एडिबी अन्र्तगत यु.आर.एल.आई परियोजना कार्यक्रमबाट सडक, फुटपाथ, डण्डा करिडोर लगायत कार्यक्रम गरिने, नगरलाई क्लिन, ग्रिन, एण्ड इको फ्रेन्डली सिटीको रुपमा विकास गर्ने नीतिलाई निरन्तरता लगायतका नीति तथा कार्यक्रम ल्याइएको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार