मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

दोश्रो वडा कपको विजेता गोलिगढ

Ujyalosandeshonline 12431+ समाचार ( )
३० मंगशिर २०८१, आइतबार

भैरहवा । सिद्धार्थनगर नगर पालिका वडा नम्बर ९ वडा कार्यालयको आयोजनामा भएको वडा कप गोलिगढ युवा क्लबले जितेको छ । आईतबार गोनहियामा रहेको मैदानमा सम्पन्न फाईनल प्रतियोगितामा गोलिगढले रोयल मिश्रौलियालाई हराउदै उक्त उपाधी जितेको छ । सेमी फाईनल खेलमा गोलगढले उदयपुर र मिश्रौलियाले गोलिगढ बी टिमलाई हराउदै फाईनलमा पुगेका थिए । 

पहिला व्याटिङ गरेको गोलिगढले निर्धारित १२ ओभरमा ५ विकेट गुमाउदै १३४ रनको बिशाल स्कोर बनाएको थियो । उसका लागि सुनिल सहानीले ७ छक्का र ४ चौकाको मद्दतमा अविजित ६९ रन बनाए । यो रन नै गोलिगढको जितमा महत्वपूर्ण रह्यो । यस्तै गोलिगढका ब्याट्स म्यान शिव धवल र जर्सी नम्बर १५ का सुनिल सहानीले समान १४÷१४ रज बनाउदा मुमताज खाँनले १३ रनको योगदान गरे । 

बलिङ तर्फ मिश्रौलियाका बलरहरुले केही खास गनै सकेनन् । मिश्रोलियका लागि लवकुश कुर्मीले २ विकेट र अरुण कुर्मी, अमित कुर्मि र विजय कुर्मीले समान १÷१ विकेट लिए । 

१३५ रनको विशाल लक्ष्य पछ्याएको मिश्रौलियाको टोली सुरु देखि नै दबाबमा खेलेको थियो । गोलिगढको घातक बलिङको अगाडी मिश्रोलियका कुनै पनि खेलाडी राम्ररी खेल्न सकेनन् । मिश्रौलियाका लागि विजय कुर्मी १३ रन र शिवशंकर कुर्मीको १२ रन बाहेक अन्य कुनै पनि ब्याटरले दोहोरो अंक जोड्न सकेनन् । नतिजा ११ ओभरमै मिश्रौलियाले आफ्नो सबै विकेट गुमाउदै ६२ रन मात्र बनाउन सक्यो र पराजित भयो ।

मिश्रौलियालाई सस्तोमै समेटन सुनिल सहानीले ५ विकेट लिए । यस्तै हसन खाँन, आशीष, आरीफ र रोशनले समान १÷१ विकेट बाडे । 

फाईनल खेलको म्यान अफ द म्याच सहित उत्कृष्ट बलर, ब्याटर र म्यान अफ द सिरिजकाभे उपाधी गोलिगढको सुनिल सहानीले प्राप्त गरे । 

प्रतियोगितामा प्रथम भएको गोलिगढले कर सहित २५ हजा।र दोश्रो भएको मिश्रौलियाको टोलीले कर सहित १५ हजार रुपैया प्राप्त ग¥यो ।

प्रतियोगिताको समापन गर्दै वडा नम्बर ९ का वडा अध्यक्ष शेषकान्त भण्डारीले प्रतियोगिताले वडा स्तरमै क्रिकेट खेलाडीहरु उतपादनमा सहयोग गर्ने बताए । उनले अर्को वर्ष पुनः यो भन्दा राम्रो र भब्य तरिकाले प्रतियोगिताको आयाजना गर्ने बताए । समापन समारोहमा वडा अध्यक्ष सहित वडा सदस्यहरु बसन्त भट्टराई, बसुन्धरा शर्मा, युवराज बराल सविता हरिजन, वडा सचिव अब्दुल रसिद पठान सहित गोलिगढ टोल सुधार समितिका अध्यक्ष युवराज पाण्डे लगायतको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार