मुख्य समाचार
नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ | मूल्यवृद्धिका कारण निर्माण क्षेत्र ठप्प, ‘निर्माण आपतकाल’ घोषणा गर्न व्यवसायीको माग | बुटवलमा ‘रैथाने सीप, कला र उत्पादन प्रदर्शनी’ हुने, ५५ स्टल रहने | मुलुकभर दोस्रो आर्थिक गणना सुरु : १५ लाख व्यावसायिक प्रतिष्ठानको विवरण सङ्कलन गरिँदै | डोकोको व्यापार |

अघि बढ्यो वर्षौंदेखि थन्किएका गाडीको लिलामी प्रक्रिया

Ujyalosandeshonline 11002+ समाचार ( )
२५ पौष २०८०, बुधवार

रौतहट । गौर भन्सार कार्यालयले लामो समयदेखि थन्किएर रहेका सवारी साधानको लिलामी प्रक्रिया अघि बढाएको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीले विभिन्न मितिमा पक्राउ गरी भन्सारमा दाखिला गरेका दुई पाँग्रे र चार पाँग्रे सवारी साधनको लिलाम प्रक्रिया अघि बढाएको गौर भन्सार कार्यालय जनाएको छ ।

२०७५ सालदेखि अलपत्र अवस्थामा थन्किएका दुई हजार भन्दा बढी सवारी साधनको समयमा लिलाम नगरिँदा कवाडी बनेको आरोप लागेपछि भन्सार कार्यालयले लिलाम प्रक्रिया अघि बढाएको जनाएको छ ।

भन्सार कार्यालयका अनुसार, कार्यालय परिसरमा रहेका गाडीको चालु आर्थिक वर्षमै लिलाम गर्नेगरी प्रक्रिया अघि बढाइएको हो ।

लिलामका लागि अहिले गाडीको ‘इन्जिन’ तथा ‘चेचिस’ नम्बर टिप्ने कार्य भइरहेको भन्सार कार्यालयका सूचना अधिकारी रेवतीराम रोक्काले बताए ।

गाडीको अवस्थाको आधारमा इन्जिनियरले मूल्याङ्कन गरेपछि मात्र लिलामको लागि सूचना प्रकाशित गराइने सूचना अधिकारी रोक्काले बताए ।

विगत पाँच वर्षको अवधीमा ६० वटा भन्दा बढी चार पाँग्रे र दुई हजारभन्दा बढी दुई पाँग्रे सवारी साधन थन्किएको गौर भन्सार कार्यालयको तथ्यांक छ ।

भन्सार कार्यालयले समयमै लिलाम प्रक्रिया अघि नबढाउका कारण राजस्व समेत प्रभावित भएको स्थानीयको गुनासो छ ।

गौरका युवा नेता रेवन्त झाले सवारी लिलाममा ढिलाई हुँदा जिर्ण अवस्थामा पुगेकाले अव मूल्याकंन समेत कम हुने बताए ।

बरामद गरिएको सवारी साधन अलपत्र र अव्यवस्थित अवस्थामा रहेको कारण घाम, वर्षा, शीत, डुबानलगायतले जिर्ण भएको र पाटपुर्जा समेत चोरी भएकाले मूल्याकंन कम हुँदा राजस्वमा कमी आउने उनको तर्क छ ।

पर्याप्त कर्मचारी नहुँदा बरामद सवारी साधनको अभिलेख राख्न र लिलाम गर्न नसकेको भन्सार कार्यालयले जनाएको छ ।

लिलामी प्रक्रियाबाट कति राजस्व संकलन वा असुल हुन्छ अहिले नै एकिन गर्न नसकिने भन्सार कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार