मुख्य समाचार
लुम्बिनीको दलित अधिकार ऐनः विपन्नलाई सहुलियतमा खाद्य सामग्र | मर्चवारलाई लुम्बिनी सर्किटसँग जोड्नेदेखि बॉर्डर विस्तारसम्म: संसद्‌मा सांसद बनियाले राखे विकासको खाका | बाँदरपीडित किसानद्वारा गाउँपालिका कार्यालय घेराउ : नियन्त्रण गर्न स्वयम्सेवक परिचालन गरिने | अवैध लागुऔषध ब्राउनसुगरसहित युवक पक्राउ | नवलपुरका स्थानीय तहलाई करिब चार अर्ब अनुदान | सेवा सहजीकरणमा युवा परिचालन गर्न तयार भयो कार्यविधिको मस्यौदा | नागरिक केन्द्रित सेवा प्रवाहलाई प्राथमिकतामा राखी काम गर्न प्रहरी महानिरीक्षक कार्कीद्वारा निर्देशन | लुम्बिनी प्रदेश प्रहरीद्वारा शान्ति, सुरक्षाका पक्षमा तीनदिने कार्यक्रम सार्वजनिक | कांग्रेस क्रियाशील सदस्यता वितरणको म्याथ थपियो | पर्यटकीय सुन्तलेमा लिफ्ट खानेपानी आयोजना सञ्चालन |

हावाहुरीले मर्चवारीमाईमा केरा खेती नष्ट: कृषक यादवको लाखौंको क्षति

Ujyalosandeshonline 11524+ समाचार ( )
२७ जेठ २०८३, बुधवार

मर्चवार । रुपन्देहीको मर्चवारीमाई गाउँपालिका–१, सुमेरगढस्थित विभाण्ड एकीकृत कृषि फार्ममा हावाहुरीले व्यापक क्षति पुर्‍याएको छ । व्यावसायिक कृषक विभाण्ड यादवले लिजमा लिएको करिब १० बिघा जग्गामा लगाएको १० हजार बोट केरामध्ये सोमबार दिउँसो आएको शक्तिशाली हावाहुरीले करिब ३ हजार बोट ढालेको छ ।

विगत ९ महिनादेखि मेहनतपूर्वक हुर्काइएको र आगामी तीन महिनापछि भित्र्याउने तयारीमा रहेको केरा खेती नष्ट हुँदा प्रारम्भिक अनुमानअनुसार करिब ४ लाख रुपैयाँ बराबरको नोक्सानी भएको छ । सबै प्रकारका प्राविधिक स्याहारसुसार गर्दागर्दै पनि प्राकृतिक प्रकोपका कारण बाली भित्र्याएर लगानी उठाउने समयमा ठूलो आर्थिक मार परेको भन्दै कृषक यादवले गहिरो चिन्ता व्यक्त गर्नुभएको छ ।

घटनालगत्तै गाउँपालिका अध्यक्ष गयाप्रसाद बरईले प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्नुभएको छ । उहाँले कृषि शाखाका प्राविधिकसँग समन्वय गरी वास्तविक क्षतिको मूल्यांकनका आधारमा किसानलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभएको छ । यस्तै, गाउँपालिका उपाध्यक्ष एवं अनुगमन समिति संयोजक आशा सिंहले हावाहुरीबाट प्रभावित अन्य किसानहरूलाई पनि क्षतिको विवरण तुरुन्त गाउँपालिकामा गराउन आग्रह गर्दै विवरण संकलन र अनुगमन कार्य सुरु भइसकेको जानकारी दिनुभएको छ ।

कृषि शाखा प्रमुख दिनेश यादवका अनुसार हाल क्षति भएका केराबोटको गणना र लागत मूल्यांकनको कार्य भइरहेको छ र विस्तृत प्रतिवेदन तयार गरी सम्बन्धित निकायमा राहतका लागि सिफारिस गरिनेछ । यस विपत्तिले कृषि क्षेत्रमा बढ्दो जोखिम व्यवस्थापन र किसान संरक्षणका प्रभावकारी कार्यक्रमको टड्कारो आवश्यकतालाई पुनः उजागर गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार