मुख्य समाचार
लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत | मनाङको चामेमा थुनिएको मरस्याङ्दी नदी | निर्माण गरेको दुई वर्षमै पुल जोखिममा |

लुम्बिनी प्रदेश चेम्बरको अध्यक्षमा पुनः पोखरेल

Ujyalosandeshonline 12430+ समाचार ( )
११ भाद्र २०८१, मङ्गलबार

लुम्बिनी । नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशको अधिवेशनबाट टङक प्रसाद पोखरेल दोस्रो कार्यकालका लागि चयन भएका छन् । प्रदेशको दोस्रो अधिवेशनबाट पोखरेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो ।

लुम्विनी प्रदेश चेम्बर अफ कमर्सको वरिष्ठ उपाध्यक्षमा श्रीधर महरा, जिल्ला नगरतर्फको उपाध्यक्षमा जे.पी. कंडेल, बस्ुतगत तर्फको उपाध्यक्षमा चन्द्रप्रकाश श्रेष्ट एवं एशोसिएट तर्फको उपाध्यक्षमा लोकहरि श्रेष्ठ सर्वसम्मत चयन भएका छन् ।

महासचिबमा शिव ज्ञवाली, सचिबमा अजय न्यौपाने एवं कोषाध्यक्षमा खिम बहादुर खत्री चयन भएकोनेपाल चेम्बर अफ कमर्सद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

लुम्विनी प्रदेश चेम्बरको सदस्यहरुमा युबराज न्यौपाने, जय प्रकाश गुप्ता, कमला पराजुली, सुकदेब बेल्बासे, तेज बहादुर बुढा, नुरुद्दिन शाह, मन्जु भुसाल, यज्ञस्वर श्रेष्ठ, सिल्पा उप्रेती, अशोक श्रेष्ठ, गणेश प्रसाद पोख्रेल, कोष बहादुर गुरुङ्ग र शंकर गौतम चयन भएक हुन् । दोस्रो महाधिवेशनले आगामी ३ वर्षका लागि सर्वसम्मत रुपमा कार्यसमिति चयन गरेको चेम्बरले उल्लेख गरेको छ ।

प्रदेश अधिवेशनलाई उद्घाटन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले कृषि क्षेत्रको विकास नभएसम्म आर्थिक समृद्धि हासिल गर्न नसकिने बताए । कृषिको आधुनिकीकरण एवं युवाहरुलाई कृषि पेशामा आर्कषित गर्न राज्यले लगानी गर्नुपर्ने आचार्यको धारणा छ । मुलुकमा कृषि र पर्यटन क्षेत्र मार्फत आर्थिक उन्नति हासिल गर्न सकिने मुख्य मन्त्री आचार्यले बताए ।

अधिवेशनलाई सम्वोधन गर्दै चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले स्थानीय कृषि उपजहरुको बजारीकरण गर्नुपर्नेमा जोड दिनुभयो । आर्थिक विकास र समृद्धिका लागि नीतिगत स्थिरता हुनुपर्ने अध्यक्ष अग्रवालले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार