मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

वृद्धि गरेको सुनको महशुल खारेज गर्न सुनचाँदी व्यवसायी संघको माग

Ujyalosandeshonline 11005+ समाचार ( )
२१ जेठ २०८१, सोमबार

भैरहवा । सरकारले बजेट वक्तब्य बाट सुनको सुनको भन्सार महशुल बढाएको भन्दै सुनचाँदी व्यवसायीहरुले यसलाई फिर्ता लिन आग्रह सहित जिल्ला प्रशासना कार्यालय रुपन्देहीमा ज्ञापन पत्र बुझाएका छन् । 

बुटवल सुनचाँदी व्यवसायी महासंघले ज्ञापनपत्र बुझाउदै वृद्धि भएको सुनको भन्सार महशुल फिर्ता लिन सरकारकालाई आग्रह गरेको हो । “नेपाल सरकारले अवलम्बन गरेका निति तथा कार्यक्रमहरुले मोफसलमा व्यवसाय गर्ने साना व्यवसायीहरुलाई ठूलो क्षति पुगेको हुन्छ ।” बुटवल सुनचाँदी व्यवसायी संघका अध्यक्ष गकुल विश्वकर्माले भने “नेपाल सरकारले आर्थिक बर्ष २०८१/०८२ को लागी प्रस्तुत गरेको बजेट मा सुनचाँदी आयातमा भन्सार दर १५ प्रतिशतमा  थप ५ प्रतिशत वृद्धी गरी नयाँ दर कायम गरेको हुदाँ यस्तो नितिले व्यवसाय संञ्चालन गर्न नसक्ने अवस्था आउछ ।”

सुनचाँदी व्यवसाय आफैमा महङ्गो र सुरक्षाका हिसाबले अतिनै चुनौती र संवेदनशिल व्यवसाय हो । अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा भएको वृद्धीसगै नेपालमा सुनको व्यवसाय खस्कदो अवस्थामा रहेको उनको भनाई छ । हालको विद्यमान सुनचाँदी आयातले व्यवसाय संञ्चालन को लागी आवश्यक कच्चा पदार्थ प्राप्त गर्न नसकेको अवस्थामा विदेशी मुद्रा संञ्चितीको कारणले सुन आयतमा राज्यबाट गरिएको नियन्त्रण ले व्यवसाय हरु मारमा परेको विश्वकर्माले बताए ।

यस्तै देश संघिय संरचनामा गै सक्दा पनि सुन वितरण प्रकृया अझै पनि केन्द्रीकृत रही रहनु आफैमा बिडम्बना पुर्ण रहेको व्यवसायीहरुको निर्क्यौल छ । सुनमा भन्सार महुशल बढ्दा खुल्ला सिमानाका कारणले छिमेकी देशबाट सुन का रेडिमेट गरगहना र काचो सुन को आयत बृद्धि ले राज्यलाई राजश्वमा क्षति हुने बुटवल सुनचाँदी व्यवसायी संघका प्रवक्ता कृष्ण बहादुर विश्वकर्माले बताए । उनले  अहिलेको रहेको आर्थिक मन्दिको अवश्थामा सुनको मूल्य बढ्दा उपभोक्ता र व्यवसायी कसैलाई राम्रो नहुने बताउदै महशुल वृद्धि फिर्ताको माग राखिएको बताए  ।

सुनचाँदी व्यवसायीहरुले सुनचाँदी सम्बन्धि निर्देशिका अविलम्ब लागु गर्न पनि माग गरेका छन् । यसले पनि विद्यामान धेरै समस्याहरु निराकरण हुने व्यवसायीहरुको ठम्याई छ । यस्तै सुनचाँदी वितरणलाई प्रदेश स्तरिय बनाउनुपर्ने, व्यवसायीहरुको आवश्यकता अनुसार स्थानिय बैंक मार्फत सुन उपलब्ध गराउनुपर्ने तथा व्यवसायीमैत्री निति लागु गर्न व्यवसायीहरुले माग गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार