मुख्य समाचार
सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती |

स्टार्टअपमा व्यवसायलाई कर्जा प्रवाहको समझदारी

Ujyalosandeshonline 12433+ समाचार ( )
२५ माघ २०८०, बिहीबार

काठमाडौं । नवप्रवर्तनमा आधारित व्यवसायलाई कर्जा प्रवाह गर्ने बाटो सहज भएको छ । यसका लागि बुधबार स्टार्टअप उद्यम कर्जा प्रवाह तथा कर्जा सुरक्षण सम्बन्धमा औद्योगिक व्यवसाय विकास प्रतिष्ठान, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । 

यो समझदारीसँगै प्रतिष्ठानको सिफारिसमा राष्ट्रिय वाणिज्य बैंकल स्टार्टअपमा आधारित व्यवसाय गर्नेलाई कर्जा दिने भएको छ । व्यवसायीले परियोजना धितो राखेर कर्जा माग गर्न सक्नेछन् ।

समझदारी हस्ताक्षरका क्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले समझदारी गर्ने सबै पक्षलाई शुभकामना दिदै ऋण डुब्ने परियोजना नगर्न सचेत गराए ।

उनले भने, ‘आज जुन सहमति सम्झौता भएको छ, त्यसको आजबाट प्रक्रिया सुरु हुन्छ । २५ करोड रुपैयाँ सरकारले यसमा विनियोजन गरेको छ । ३ प्रतिशत ब्याजमा ऋण दिने हो । पारदर्शी हिसाबमा ऋण प्रवाह होस्, प्रोजेक्टहरु राम्रो राम्रो होस् भनेर निर्देशन दिएको छु ।’

कृषि तथा पशुपन्छी, वन पैदावार, पर्यटन प्रवर्धन तथा मनोरञ्जन र अतिथि सत्कार, विज्ञान प्रविधि, सूचना तथा सञ्चार, मानव स्वास्थ्य सेवा, शिक्षा तथा शिक्षण सिकाइ, अटोमोबाइल, परम्परागत प्रविधि, उत्पादन र सेवा प्रवाहको प्रक्रिया सुधार, घरायसी वा दैनिक जीवनयापन, खाद्य उत्पादन तथा प्रशोधन, सहज र सुरक्षित यातायात तथा पारवहन सेवा, खानी तथा खनिज अनुसन्धान र विकाससँग सम्बन्धित क्षेत्रमा कर्जा दिने समझदारीपत्रमा उल्लेख छ । 

त्यस्तै फोहोरमैला व्यवस्थापन तथा वातावरण संरक्षण, विपदर व्यवस्थापन, वैकल्पिक तथा नवीकरणीय ऊर्जा र जलवायु परिवर्तन न्यूनीकरणसँग सम्बन्धित क्षेत्रका व्यवसाय पनि कर्जा दिन सकिनेमा समेटिएको छ । 

अधिकतम कर्जा रकम सीमाअन्तर्गत स्टार्टअप उद्यम परियोजनामा बढीमा २५ लाख रुपैयाँ दिन सकिने सम्झदारीपत्रमा उल्लेख छ । स्टार्टअप उद्यमकर्जा प्रदान गर्न र निक्षेप तथा कर्जा सुरक्षणका लागि प्रतिष्ठानले बैंकलाई कर्जा सुरक्षणमा हाललाई २४ करोड २५ लाख रकम उपलब्ध गराउने छ । 

कर्जाको सेवा शुल्क र ब्याजदर सेवा शुल्क र कार्यविधि बमोजिम हुने जनाइएको छ । बैंकले कर्जा प्रवाहगर्दा स्वीकृत व्यवसाय वा परियोजना नै धितोको रूपमा राख्नेछ । त्यस्तो व्यवसाय वा परियोजनाको बीमा उद्यमी आफैले गर्नुपर्ने छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार