मुख्य समाचार
मन्त्री पोखरेलद्वारा देउखुरी क्रिकेट रङ्गशालाको निरीक्षण | रोहिणीमा मन्त्री गीता चौधरीको उपस्थितिमा जनतासँग गुनासो सुनुवाइ | हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत | कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेश सरकारले छाला रोग स्क्रिनिङ अभियान चलाउने | दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद |

"घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद"

Ujyalosandeshonline 12446+ समाचार ( )
४ वैशाख २०८३, शुक्रबार

भैरहवा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित रंगेहात पक्राउ गरेका मालपोत कार्यालय भैरहवाका एक कर्मचारीको साथबाट स्रोत नखुलेको थप रकम बरामद गरेको छ। आयोगको बुटवल कार्यालयबाट खटिएको टोलीले मालपोत कार्यालयका नायब सुब्बा ओमबहादुर खाम्चा मगरलाई सेवाग्राहीबाट लिएको २ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको थियो।

पक्राउ परेका कर्मचारीको खानतलासी गर्ने क्रममा उनले बोकेको झोलाबाट स्रोत नखुलेको थप ३ लाख ५० हजार रुपैयाँ फेला परेको अख्तियार स्रोतले जनाएको छ। नासु खाम्चाले जग्गाको सर्जमिन मुचुल्का तयार गर्न सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस माग गरेका थिए। विशेष सूचनाका आधारमा खटिएको अख्तियारको टोलीले उनलाई शुक्रबार साँझ सिद्धार्थनगर नगरपालिका-१३ स्थित होटल निर्मलाबाट नियन्त्रणमा लिएको हो।

सुरुमा घुसको २ लाख रुपैयाँसहित पक्राउ गरिए पनि आवश्यक कानुनी प्रक्रिया र चेकजाँच बढाउँदा उनको साथमा साढे ३ लाख रुपैयाँ अतिरिक्त रकम भेटिएपछि घटनाले थप मोड लिएको छ। उक्त रकमको स्रोत नखुलेकाले यस विषयमा पनि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ। हाल नासु खाम्चालाई नियन्त्रणमा लिएर अख्तियारले विस्तृत अनुसन्धान अगाडि बढाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार