सिद्धार्थनगरका पूर्व उपमेयर तथा समाजसेवी रतन कुमार गुप्ताको निधन

Ujyalosandeshonline 11469+ समाचार ( )
२२ माघ २०८२, बुधवार
भैरहवा । सिद्धार्थनगर नगरपालिकाका पूर्व उपमेयर एवं यस क्षेत्रका प्रतिष्ठित समाजसेवी  रतन कुमार गुप्ताको ७६ वर्षको उमेरमा निधन भएको छ। विगत सवा चार वर्षदेखि विभिन्न स्वास्थ्य समस्यासँग जुधिरहनुभएका गुप्ताको उपचारका क्रममा आज साँझ ८ बजे क्रिमसन अस्पतालमा निधन भएको परिवार स्रोतले जनाएको छ। 

विगत १३ दिनदेखि अस्पतालमा कठिन सङ्घर्ष गरिरहनुभएका उहाँको निधनले सिद्धार्थनगरले एक अनुभवी अभिभावक र कर्मनिष्ठ विकासप्रेमी नेता गुमाएको छ। स्वर्गीय गुप्ता सिद्धार्थनगर नगरपालिकाको पूर्व उपमेयरका रुपमा जननिर्वाचित भई यस क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउनुभएको व्यक्तित्व हुनुहुन्थ्यो । राजनीतिसँगै समाजसेवामा उत्तिकै सक्रिय उहाँ स्थानीय सामाजिक संघसंस्था, धार्मिक कार्य र विपन्न वर्गको उत्थानमा सधैं अग्रपंक्तिमा रहनुहुन्थ्यो।

उहाँको सरल जीवनशैली, स्पष्ट विचार र मृदुभाषी स्वभावका कारण उहाँ सबैका प्रिय हुनुहुन्थ्यो । उहाँको निधनको खबरसँगै सिद्धार्थनगर क्षेत्रमा शोकको लहर छाएको छ। स्थानीय जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका नेता, उद्योगी, व्यवसायी र सर्वसाधारणले उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारमा समवेदना व्यक्त गरेका छन् । उहाँको अन्तिम संस्कार बिहिबार भैरहवा स्थित स्वर्गद्वारी घाटमा गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार