मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

एमाले सिद्धार्थनगरको अध्यक्षमा चक्र थापा विजयी

Ujyalosandeshonline 12441+ समाचार ( )
१३ कार्तिक २०८१, मङ्गलबार

भैरहवा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) सिद्धार्थनगर नगर कमिटी, रुपन्देहीको अध्यक्षमा चक्र बहादुर थापा निर्वाचित भएका छन् । भैरहवामा सम्पन्न दोस्रो नगर अधिवेशनबाट अध्यक्षमा थापा निर्वाचित भएका हुन् ।

उनी प्रथम अधिवेशनबाट पनि अध्यक्षमा निर्वाचित भएका थिए । योसँगै थापाले दोस्रो कार्यकालका लागि पुनः अध्यक्षको जिम्मेवारी पाएका छन् ।अध्यक्षमा निर्वाचित थापाले ८१ मत प्राप्त गरेका छन् भने अध्यक्षका अर्का उम्मेदवार थानेश्वर पौडेलले ७९ मत प्राप्त गरेका छन् । पौडेल २ मतले पराजित भएका हुन् ।

त्यस्तै उपाध्यक्षमा माया कंडेल निर्वाचित भएका छन् । कंडेलले १ सय ४४ मत प्राप्त गरिन् भने उनका प्रतिष्पर्धी गोमलाल खदालले १६ मत प्राप्त गरे । यसअघि कंडेल नगर उपसचिव थिइन्। उपसचिवमा सरोज ठकुरी १ सय ७ मत प्राप्त गरी विजयी भए भने उपसचिवका अर्का उम्मेदवार राम दयाल गुप्ताले ५२ मत प्राप्त गरे । 

सचिवमा उमेश थापा लाटोमगर र उपसचिव (महिला) मा इन्दिरा देवी क्षेत्री निर्विरोध निर्वाचित भएको निर्वाचन संयोजक नर बहादुर घर्तीले जानकारी दिए । एमाले सिद्धार्थनगरको अधिवेशनबाट ५७ सदस्यीय कमिटी निर्वाचित भएको घर्तीले बताए ।

त्यसै गरी लेखा समिति अध्यक्षमा शेष नारायण भण्डारीको संयोजकत्वमा पाँच सदस्यीय कमिटी निर्विरोध निर्वाचित भएका छन । अधिवेशनमा १ सय ७० जना मतदाता (प्रतिनिधि) रहेकोमा १ सय ६१ जनाले मतदान गरेका थिए ।

प्रतिक्रिया

सीता काफ्ले १३ कार्तिक २०८१, मङ्गलबार

निर्वाचित टिमलाई हार्दिक बधाई सफल कार्यकालकाे शुभकामना ।

सीता काफ्ले १३ कार्तिक २०८१, मङ्गलबार

निर्वाचित टिमलाई हार्दिक बधाई सफल कार्यकालकाे शुभकामना ।

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार