मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

नेपाल उद्योग वाणिज्य महासंघले छिट्टै मध्यस्थता केन्द्र खोल्ने छ : अध्यक्ष ढकाल

Ujyalosandeshonline 11005+ समाचार ( )
२८ मंगशिर २०८१, शुक्रबार

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष चन्द्र ढकालले व्यवसायिक विवाद समाधानका लागि छिट्टै एक मध्यस्थता केन्द्र स्थापना गरिने घोषणा गरेका छन् । 

ललितपुरमा बिहीबारबाट सुरु भएको उद्योग वाणिज्य तथा करार र देवानीसम्बन्धी विवाद समाधान सम्बन्धी सम्मेलनमा बोल्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन् । 

अध्यक्ष ढकालले नेपालमा व्यवसायिक वातावरणलाई अझै प्रभावकारी बनाउन महासंघले विभिन्न योजनाहरू अघि बढाइरहेको उल्लेख गरेका छन् । ‘मध्यस्थता केन्द्र स्थापना भएपछि नेपालमा व्यापारिक वातावरण झन् सुदृढ हुने विश्वास छ, ।’उनले भने ।

नेपाल उद्योग वाणिज्य महासंघले स्थापना गर्ने मध्यस्थता केन्द्रले व्यवसायिक विवाद समाधानलाई सहज बनाउने मात्र नभई, नेपालको व्यवसायिक वातावरणलाई लगानीमैत्री बनाउन पनि सहयोग पु¥याउने अध्यक्ष ढकालको भनाइ छ ।  व्यवसाय क्षेत्रका विवादलाई समयमै र निष्पक्ष रूपमा समाधान गर्ने प्रक्रियालाई सुलभ बनाउन वैकल्पिक विवाद समाधान (एडीआर) को महत्त्वमा अध्यक्ष ढकालले जोड दिए ।

‘निर्माण, पूर्वाधार, बैंकिङ र व्यापारजस्ता महत्त्वपूर्ण क्षेत्रमा उत्पन्न हुने विवादहरूलाई छिटो र न्यायसंगत रूपमा समाधान गर्न यो केन्द्रले विशेष भूमिका खेल्नेछ,’उनले भने । 

अध्यक्ष ढकालले नेपाल सरकारले पछिल्लो समय लगानीसम्बन्धी कानुनी सुधारका क्षेत्रमा चालेका कदमहरूको प्रशंसा गरे । उनले भने ‘हामीले लगानीसम्बन्धी आठ महत्वपूर्ण कानून संशोधन गरेका छौं, जसले प्रक्रियागत समस्या हटाउँदै पारदर्शिता र विश्वासको वातावरण निर्माण गरेको छ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार