मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको निर्वाचन केन्द्रित 'संकल्प यात्रा' फागुन ९ गते रुपन्देहीमा

Ujyalosandeshonline 11005+ समाचार ( )
८ फाल्गुन २०८२, शुक्रबार

रुपन्देही । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा सञ्चालन भइरहेको निर्वाचन केन्द्रित 'संकल्प यात्रा' आगामी २०८२ साल फागुन ९ गते शनिबार रुपन्देही आइपुग्ने भएको छ। राप्रपा रुपन्देही जिल्ला पार्टीले दिएको जानकारी अनुसार यस यात्राले रुपन्देहीका तीनवटा निर्वाचन क्षेत्रको परिक्रमा गर्दै विभिन्न स्थानमा कोणसभा तथा जनभेटघाट गर्ने कार्यक्रम तय भएको छ।

निर्धारित कार्यतालिका अनुसार शनिबार दिउँसो १:३० बजे रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत पर्ने देवदहबाट यो संकल्प यात्रा जिल्लामा प्रवेश गर्नेछ। देवदह प्रवेश लगत्तै दिउँसो १:४० बजे खैरेनीमा अध्यक्ष लिङ्देनले पहिलो कोणसभालाई सम्बोधन गर्नुहुनेछ। त्यसपछि यात्रा अघि बढ्दै दिउँसो २:०० बजे सितलनगर, २:२० बजे भवनीयापुर हुँदै २:४० बजे सिक्टन र शंकरपुर पुग्नेछ। यसैगरी दिउँसो ३:०० बजे धकधईमा पुगेर दोस्रो कोणसभा सम्पन्न गर्ने कार्यक्रम रहेको छ। धकधईको कार्यक्रमपश्चात् यात्रा दिउँसो ३:३० बजे पटखौली, ३:४५ बजे सग्रहवा, ३:५५ बजे कान्छी बजार र ४:१० बजे मंगलापुर हुँदै मणिग्रामतर्फ अघि बढ्नेछ।

निर्वाचन क्षेत्र नम्बर १ को परिक्रमा सकेर यो यात्रा रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर २ मा प्रवेश गर्नेछ। जसअन्तर्गत बेलुका ४:३५ बजे बुटवल र ४:५५ बजे मुर्गिया तथा सैनामैनाका नागरिकहरूसँग साक्षात्कार गर्ने कार्यतालिका रहेको छ। त्यसलगत्तै संकल्प यात्रा रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर ५ मा प्रवेश गर्नेछ। साँझ ५:३० बजे निर्वाचन क्षेत्र नम्बर ५ अन्तर्गत पर्ने रामापुर कलौनीमा पुगेर कोणसभा आयोजना गरेसँगै सो दिनको कार्यक्रम सम्पन्न हुने राप्रपा रुपन्देहीले जनाएको छ। आगामी निर्वाचनलाई लक्षित गर्दै राप्रपाले सञ्चालन गरेको यस संकल्प यात्राले जिल्लामा पार्टीको सङ्गठन सुदृढीकरण गर्नुका साथै नागरिकस्तरमा चुनावी उत्साह थप्ने विश्वास जिल्ला नेतृत्वले लिएको छ।

प्रतिक्रिया

Prem Yadav ८ फाल्गुन २०८२, शुक्रबार

Bhairahawa ma kaba

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार