नेपाल प्रहरी श्रीमती संघ द्वारा सुस्तामा स्वास्थ्य शिविर

Ujyalosandeshonline 11020+ समाचार ( )
१७ फाल्गुन २०८०, बिहीबार

परासी । नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेशले पश्चिम नवलपरासी सुस्ता गाउँपालिकाको नारायणी नदि पारीको सुस्ता गाउँमा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा तीनसय जनाले उपचार सेवा पाएका छन् ।

नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेशले पृथ्वी चन्द्र अस्पताल परासीको प्राबिधिक सहयोगमा स्वास्थ्य शिविर आयोजना गरेको हो । सुस्ता गाउँपालिका–५ स्थित सुस्ता गाउँमा शिविर आयोजना गरिएको हो । शिविरमा हार्डजोर्नी सेवा, महिला तथा प्रसुती सेवा, दन्त सेवा, जनरल सजरी, सामन्य चिकित्सक सेवा, फार्मेसी सेवा दिइएको पृथ्वी चन्द्र जिल्ला अस्पताल निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर किरण पाण्डेले बताए । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार