मुख्य समाचार
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह | भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण | आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन | नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको सुरुआत हुने विश्वास | ओझलमा ऐतिहासिक ढोलथान | चरा संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा जोड | मुस्ताङ अस्पतालमा बढे बिरामी | मुस्ताङमा सेवाग्राहीको हातैमा राहदानी | मानव स्वास्थ्यमा असर पार्ने विषादी भएका तरकारी र दूधमा फेला | रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ |

शान्ति सुरक्षाका विषयमा संघ र प्रदेशबिच छलफल

Ujyalosandeshonline 11474+ समाचार ( )
१४ माघ २०८०, आइतबार

काठमाडौं । मुलुकको शान्ति सुरक्षा थप मजवुद बनाउन तीन तहका मन्त्रीहरुबिच छलफल भएको छ ।  गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बसेको विषयगत समितिको बैठकले तीन तहमा भइरहेको शान्ति सुरक्षाका विषयमा बृहत छलफल भएको हो ।

संघ, प्रदेश र स्थानीय तह समन्वय तथा अन्तर सम्बन्ध ऐन २०७७ को दफा २२ बमोजिम बसेको बैठकमा सबै प्रदेशका आन्तरिक मामिला तथा गृह प्रशासन हेर्ने मन्त्रीहरुको सहभागिता थियो । 

बैठकले प्रहरी समायोजना ऐन, नेपाल प्रहरी र प्रदेश प्रहरीको कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय गर्ने ऐन परिमार्जन गर्ने निर्णय गरेको गृह मन्त्रालयका सह सचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । 

उनले मुलुकको शान्ति सुरक्षा थप मजबुत बनाउनका लागि संघीय गृह मन्त्रालय र प्रदेशमा सम्मिलित मन्त्रालयहरुले थप सहकार्य गर्ने, प्रदेश सरकारहरु बिचको सहकार्यलाई थप बलियो बनाउने र प्रहरी समायोजनलाई छिटो अगाडि बढाउने जस्ता निर्णय भएको पनि जानकारी दिए । 

उनले भने, ‘प्रहरी समायोजना ऐन, नेपाल प्रहरी र प्रदेश प्रहरीको कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय गर्ने ऐन परिमार्जन गर्ने, नेपाल प्रहरी ऐन र स्थानीय प्रशासन ऐन तर्जुमाको चरणमा छ यसलाई छिटो अगाडि बढाउने, मुलुकको शान्ति सुरक्षाको अवस्थाका बारेमा छलफल गरेर समीक्षा गर्दै थप मजबुत बनाउनको लागि संघीय गृहमन्त्रालय र प्रदेशका सम्मिलित मन्त्रालयहरुले थप सहकार्य गर्ने, गृह र प्रदेश सरकारहरुको बिचको सहकार्यलाई थप बलियो बनाउने, प्रहरी समायोजनलाई छिटो अगाडि बढाउने विषयमा छलफल भएको छ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार