मुख्य समाचार
मनोहरामा झडपपछि आईजिपी स्वयं मैदानमा | बुटवलमा पनि सरकारी जग्गामा बनेका घरटहरा हटाउन थालियो | छोरीबुहारीलाई उच्च शिक्षामा सघाउँदै भीमदत्त नगरपालिका | राजस्व चुहावट नियन्त्रणका लागि व्यवसायी आफैँ सच्चिनुपर्छ: डिआइजी दीपक कुमार बस्नेत | पर्यटकको पर्खाइमा थोरङ फेदी | कास्की प्रहरीका वरिष्ठ हवल्दार ५० हजार घुससहित पक्राउ | खुला नाकाबाट सोझै वीरगन्ज भित्रिन्छ भारतीय तरकारी | नियम उल्लङ्घन गर्ने चालकलाई सचेत गराउँदै ट्राफिक प्रहरी | स्वास्थ्य सेवा कि मृत्युको व्यापार ? भैरहवाका १७ 'अवैध' मेडिकलमा प्रशासनको ताला ! | ‘युट्युव’ हेरेर सीप, ‘फेसबुक–टिकटक’ बाट बजारीकरण |

मानसिकता परिवर्तन नभएकै कारणले जेन–जी आन्दोलन भयो : मुख्यमन्त्री सिंह

Ujyalosandeshonline 11086+ समाचार ( )
३ अशोज २०८२, शुक्रबार

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहले मानसिकतामा परिवर्तन हुन नसकेकै कारणले जेन–जीले आन्दोलन गर्न बाध्य भएको धारणा राखेका छन् । संविधान दिवस २०८२ को उपलक्ष्यमा मधेश प्रदेश सरकार अन्तर्गतको गृह सञ्चार तथा कानुन मन्त्रालयद्वारा आज जनकपुरधाममा आयोजित एक कार्यक्रममा बोल्दै मुख्यमन्त्री सिंहले अहिलेको गतिशिल जमानामा प्रविधि र पद्धतिमा परिवर्तन आएपनि देश चलाउनेहरु पुरानै मानसकिताका साथ काम गरिरहेकाले जेनजीले आन्दोलन गरेको बताए । 

उनले अहिलेको पिंढीलाई हरेक काम सहल र छिटो हुनेगरी चाहिनेमा सरकारी कार्यालहरुमा कुनै काम गर्न जाँदा घण्टौ लाग्ने र कहिलेकाँहि कयौं दिन कार्यालय धाउनुपर्ने हुँदा जेनजी पिढींलाई आक्रोस सृजना भएको बताए । उनले नेतादेखि सरकारी कार्यालयहरुका कर्मचारीहरुको मानसिकता विकास हुन नसकेकोले देश पनि पुरानै पद्धतिमा चलिरहेको बताए ।

नयाँ पिंढीले चाहे अनुसार काम गर्ने वातावरणका साथै आफ्नो मानसिकतालाई अपग्रेड गर्न आवश्यक रहेको मुख्यमन्त्री सिंहले बताए । उनले संविधान नयाँ आए पनि संविधानको दायरामा रहेर काम गर्नेहरुको मानसिकता पूरानै रहेको गुनासो गरे । मुख्यमन्त्री सिंहले अहिलेको संविधान उत्कृष्ट रहेपनि केही बुंदामा संशोधन गर्न आवश्यक रहेको बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार