मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

सम्मरीमाई शीतभण्डार निर्माणमा भ्रष्टाचार : लुम्बिनीका तत्कालीन सचिव अधिकारीसहित १६ जनाविरुद्ध मुद्दा

Ujyalosandeshonline 12431+ समाचार ( )
२ वैशाख २०८३, बुधवार

भैरहवा । रूपन्देहीको सम्मरीमाई गाउँपालिकामा शीतभण्डार (कोल्ड स्टोर) निर्माणका क्रममा भएको व्यापक अनियमितता लाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले लुम्बिनी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन सचिव बैकुण्ठ अधिकारीसहित १६ जना व्यक्ति र एक परामर्शदाता कम्पनीलाई प्रतिवादी बनाउँदै कानुनी कारबाही अगाडि बढाएको हो । आर्थिक वर्ष २०७६/७७ मा सम्मरीमाई गाउँपालिका वडा नं. ४ स्थित सिद्धनाथमा शीतभण्डार निर्माण गर्ने योजनामा सरकारी रकम हिनामिना गरेको अभियोग उनीहरूमाथि लगाइएको छ ।

अख्तियारको अनुसन्धानका क्रममा उक्त शीतभण्डार निर्माण गर्दा प्रचलित कानुनको ठाडो उल्लंघन गरी सार्वजनिक सम्पत्तिको हानिनोक्सानी पुर्‍याइएको खुलेको छ । सम्झौता बमोजिमको काम सम्पन्न नभई आयोजना अधुरो अवस्थामा रहेकै बेला बदनियतपूर्वक पूर्ण काम भए सरहका कागजात मिलाएर भुक्तानी लिने–दिने कार्य भएको आयोगको दाबी छ । यस भ्रष्टाचार प्रकरणमा तत्कालीन सचिव अधिकारीका साथै अन्य सरकारी कर्मचारीहरू र निर्माण परामर्शदाताका रूपमा रहेको 'मेगा माइन्ड्स आर्किटेक्ट्स एण्ड स्ट्रक्चर प्रा.लि.' को समेत संलग्नता पुष्टि भएको छ ।

आयोगले विशेष अदालतमा दायर गरेको आरोप-पत्रमा ७१ लाख ९७ हजार ९८० रुपैयाँ ६ पैसा बिगो कायम गर्दै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा कारबाहीको माग गरेको छ । प्रतिवादीहरूबाट बिगो बमोजिमको जरिवाना र कैद सजायका साथै हिनामिना भएको रकम समेत असुल उपर गर्न मागदाबी गरिएको छ । मुख्य प्रतिवादी रहेका तत्कालीन सचिव अधिकारीले सार्वजनिक ओहोदाको दुरुपयोग गरी राज्यको सम्पत्ति संरक्षण गर्नुको सट्टा भ्रष्टाचारमा संलग्न भएको ठहर गर्दै आयोगले उनीमाथि थप सजायको समेत माग गरेको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार