मुख्य समाचार
लुम्बिनीको दलित अधिकार ऐनः विपन्नलाई सहुलियतमा खाद्य सामग्र | मर्चवारलाई लुम्बिनी सर्किटसँग जोड्नेदेखि बॉर्डर विस्तारसम्म: संसद्‌मा सांसद बनियाले राखे विकासको खाका | बाँदरपीडित किसानद्वारा गाउँपालिका कार्यालय घेराउ : नियन्त्रण गर्न स्वयम्सेवक परिचालन गरिने | अवैध लागुऔषध ब्राउनसुगरसहित युवक पक्राउ | नवलपुरका स्थानीय तहलाई करिब चार अर्ब अनुदान | सेवा सहजीकरणमा युवा परिचालन गर्न तयार भयो कार्यविधिको मस्यौदा | नागरिक केन्द्रित सेवा प्रवाहलाई प्राथमिकतामा राखी काम गर्न प्रहरी महानिरीक्षक कार्कीद्वारा निर्देशन | लुम्बिनी प्रदेश प्रहरीद्वारा शान्ति, सुरक्षाका पक्षमा तीनदिने कार्यक्रम सार्वजनिक | कांग्रेस क्रियाशील सदस्यता वितरणको म्याथ थपियो | पर्यटकीय सुन्तलेमा लिफ्ट खानेपानी आयोजना सञ्चालन |

हरिबहादुर थापा पुन: रूपन्देही जिल्ला क्रिकेट संघको अध्यक्षमा निर्वाचित

Ujyalosandeshonline 11524+ समाचार ( )
२६ जेठ २०८३, मङ्गलबार

भैरहवा । रूपन्देही जिल्ला क्रिकेट संघको अध्यक्षमा हरिबहादुर थापा दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । भैरहवामा सम्पन्न संघको ३०औं वार्षिक साधारणसभा तथा पाँचौं अधिवेशनबाट थापाले आफ्ना निकटतम प्रतिद्वन्द्वी शक्तिप्रसाद गौचनलाई २० मतले पराजित गरेका हुन् । कुल १ सय १९ मत खसेको निर्वाचनमा विजयी थापाले ६९ मत प्राप्त गर्दा गौचनले ४९ मत मात्रै पाए । यसअघि चार वर्षअघि भएको निर्वाचनमा पनि थापाले नै गौचनलाई पराजित गरेका थिए ।

प्यानल नै बनाएर चुनावी मैदानमा उत्रिएका दुई पक्षमध्ये दुई सदस्यबाहेक अन्य सबै पदमा थापा पक्षकै उम्मेदवारहरू विजयी भएका छन् । १५ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा ६९ मतका साथ खेमराज भुसाल विजयी भए भने उनका प्रतिस्पर्धी सन्जीव जोशीले ४९ मत पाए । यसैगरी सचिवमा उदयकुमार मल्लिक ६८ मत र कोषाध्यक्षमा धीरज अधिकारी क्षेत्री ७७ मत ल्याएर निर्वाचित भएका छन् । उनीहरूका प्रतिस्पर्धी क्रमशः प्रथम पराजुलीले ४९ मत र सत्यजित सरकारले ४१ मत प्राप्त गरे ।

महिला सदस्य पदमा अलिसा केसीलाई पराजित गर्दै उमा अधिकारी ७७ मतका साथ निर्वाचित भइन् । अन्य १० जना खुल्ला सदस्यहरूमा प्रशान्तविक्रम मल्ल ८९, निरजप्रताप खाँण ७३, पुनित पोखरेल ६७, विजयसिंह ज्ञवाली ६४, मनोज भण्डारी ५९, अन्तिम थापा  ५९, ज्वालेसप्रसाद प्रधान  ५८, भुवन पाण्डे ५६, ताराप्रसाद पाठक ५६ र कृष्णकुमार कुँवर  ५२ विजयी भएका छन् । मुख्य निर्वाचन अधिकृत कुलमणि ज्ञवालीका अनुसार सदस्यमा निर्वाचित भुवन पाण्डे र अन्तिम थापा मात्र गौचन पक्षका हुन् भने बाँकी सबै पदाधिकारी तथा सदस्यहरू थापा प्यानलकै रहेका छन् । कुल १२६ मतदाता रहेको संघको निर्वाचनमा १ सय १९ मत खसेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार