मुख्य समाचार
रौतहटमा ५ लाखभन्दा बढी स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै | पाल्पा प्रहरीको चैत्र महिनाको प्रगति विवरण सार्वजनिक: अपराध नियन्त्रण र राजस्व संकलनमा उल्लेख्य सफलता | स्थानीय तहको संख्या र सीमाना हेरफेरका लागि सरकारले माग्यो सुझाव | एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन | रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक |

रुपन्देही-४ का सांसद बनियाको मतदातालाई अपिल : ‘हामीलाई कामको लिस्ट दिनुहोस्, हामी विकास गर्छौं’

Ujyalosandeshonline 11009+ समाचार ( )
२६ फाल्गुन २०८२, मङ्गलबार

भैरहवा । रुपन्देही निर्वाचन क्षेत्र नम्बर ४ को विकासलाई व्यवस्थित, प्रभावकारी र जनमुखी बनाउन स्थानीयस्तरबाटै योजना संकलनको पहल थालिएको छ । यस क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद कन्हैया बनियाले आफ्नो क्षेत्रको विकासका लागि आवश्यक पर्ने योजना र कार्यक्रमको सुझाव दिन आम नागरिकलाई आग्रह गरेका छन् ।

स्थानीय, प्रादेशिक र संघीय सरकारमार्फत गर्न सकिने विकास निर्माणका कामलाई प्राथमिकतामा राखेर बजेट तथा कार्यक्रम तय गर्न सांसद बनियाले नागरिकस्तरबाटै सुझाव मागेका हुन् । निर्वाचन क्षेत्रलाई समृद्ध र विकसित बनाउने लक्ष्यसहित उनको निजी सचिवालयले एक अपिल जारी गर्दै बुद्धिजीवी, व्यवसायी, श्रमिक, किसान लगायत सम्पूर्ण मतदातालाई आफ्नो गाउँठाउँका आवश्यकता बोध गराउन अनुरोध गरेको छ ।

सचिवालयले जारी गरेको अपिलमा भनिएको छ, ‘हामीलाई कामको लिस्ट दिनुहोस्, हाम्रो क्षेत्रलाई समृद्ध र विकसित बनाउन हामी काम गर्छौं ।’जनताका वास्तविक समस्या र आवश्यकतालाई सम्बोधन गर्ने गरी योजना तर्जुमा गर्न यो कदम चालिएको सचिवालयले जनाएको छ । स्थानीय स्तरमा कुन योजनामा कसरी लगानी गर्दा प्रतिफलमुखी हुन्छ भन्नेबारे सुझाव दिन चाहने जोकोही नागरिकले सांसदको सचिवालयमा सिधै सम्पर्क गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

आफ्नो क्षेत्रका आवश्यक योजना र कार्यक्रमबारे जानकारी गराउन इच्छुक व्यक्तिहरूले सचिवालयको सम्पर्क नम्बरहरु ९८००७२५१२१, ९८१५४१२४८७, ९७०१४८२००५ र ९८१६४४१६१३ मा फोन गरेर आफ्ना सुझाव तथा विकासका एजेन्डा टिपाउन सक्नेछन् । नागरिकको प्रत्यक्ष सहभागितामा बन्ने यस्ता योजनाले रुपन्देही-४ को समग्र विकासमा महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

dipendra yadav २८ फाल्गुन २०८२, बिहीबार

gaule bato kamtima 10 feet chaudai bhako hunuparyo ra nala ko byawastha gardinuparyo yahi anurodh xa ani kamgarda prsentage ko ghotala roknuparyo gau tole bata sramdan garayera abbal kam garaunuparyo

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार