मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

सवारी कारबाहीबाट एक करोड ३३ लाख राजस्व सङ्कलन

Ujyalosandeshonline 12431+ समाचार ( )
१९ श्रावण २०८३, मङ्गलबार

कर्णाली। जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले सवारी कारबाहीबाट रु एक करोड ३३ करोड राजस्व सङ्कलन गरेको छ ।ट्राफिक प्रहरीले गत आर्थिक वर्ष २०८२/८३ मा रु एक करोड ३३ लाख ८१ हजार ५०० राजस्व सङ्कलन गरेको हो । मादक पदार्थ सेवन, तीव्र गतिलगायत ट्राफिक नियम उलङ्घन गर्नेलाई कारबाहीको दायरामा ल्याइएको जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रमुख प्रहरी निरीक्षक रोहितकुमार शाहीले जानकारी दिनुभयो । 

त्यस्तै, आफूखुसी सवारीको स्वरुप परिवर्तन गर्ने चालकलाई कारबाही गरी रु पाँच लाख ७० हजार राजस्व सङ्कलन गरिएको उहाँले बताउनुभयो । प्रहरीले दुई लाख ३१ हजार १३७ जनासँग सचेतना कार्यक्रम सञ्चालन गरिएको जनाएको छ । त्यसैगरी, ९५७ सवारी दुर्घटनामा हुँदा सुर्खेतमा ३७ जनाको ज्यान गएको उहाँले जानकारी दिनुभयो । सवारी दुर्घटना हुनुको प्रमुख कारण तीव्र गति रहेको छ । यस्तै, यान्त्रिक, पैदलयात्री, सडक पूर्वाधार, मौसम र पशुचौपायका रहेको उहाँको भनाइ छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार