सबैको सहयोगले अस्पतालमा गुणस्तरीय रचनात्मक सेवा दिएका छाै

अनिल नेपाली 141+ समाचार ( )
अर्घाखाँची अस्पतालाले पछिल्लो समय नागरिकलाई प्रभावकारी रुपमा सेवा प्रवाह गर्न लागेपछि यस अस्पतालमा अर्घाखाँची प्युठान गुल्मी लगायतका जिल्लाका बिरामीलाई सेवा लिन आउने गर्दछन् । जिल्लाको मुख्य बजार क्षेत्रमा रहेको यस अस्पतालमा दैनिक रुपमा बिरामीको चाप अत्यधिक हुने गर्छ यसलाई लागि अस्पतालको बुद्वि विकास आगामी रणनीति लगायतका बारेमा जिल्ला अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा जगन्नाथ तिवारी सँग उज्यालो संदेश संवाददाता अनिल नेपालीले गरेको कुराकानीको सम्पादित अंश
११ चैत्र २०८१, मङ्गलबार

तपाईंको कार्य प्रारम्भ र विगतबारे केही बताइदिनुहोस न?

२०७१ सालमा कार्य प्रारम्भ गरि अर्घाखाँची जिल्लाकाे जिल्ला  अस्पतालमा आउदा  यहाँका नागरिकलाई गुणस्तरीय र प्रभावकारी सेवा प्रदान गर्ने उद्देश्यले म यश जिल्लामा आएको हुँ  यहाँको अवस्थाको बारेमा थुप्रै कुरा सुनेको थिएँ तर पनि सुधार गर्न सक्छु भन्ने लागेर खटिरहेको छु।  यसमा सबैको सहयोगको आशा गरेको छु।

तपाई यहाँ आउँदा पहिले सुनेको र वास्तविकतामा के फरक पाउनु भयो। आउँदाको अवस्था र अहिलेको सुधारको अवस्था बीचको भिन्नता के छ?सुनाइ र भोगाइमा खासै फरक छैन। 

अस्पतालको विषयमा विभिन्न खबर सुनेपछि अर्घाखाँची गएर सेवा गरौं भन्ने भावनाले  यहाँ आएको हुँ। अस्पतालमा जनशक्तिे एकदमै कमी थियो। भएका डाक्टरहरु पनि समायोजनपछि सबै समायोजन भएर जानु भएको रहेछ। नयाँ पनि आउनु भएको थिएन। यश अस्पतालमा पहिला सामान्य चेकजाँचकाे लागि बिरामी अन्यत्र जानू पदन्याे सामान्य ल्याब , एक्सरे , अल्ट्रासाउन्ड , सुत्केरी अप्रेसन लगायतका सेवा थिएनन् हामीले सुधार गरेर २४ घण्टा सेवा सुचारू गरि गुणस्तरीय सेवा उपलब्ध गराउने पहलकदमी थाल्यौं आवश्यक औषधिहरु पनि थिएन। सबै अवस्थाहरुलाई हेर्दा अस्पतालको सबै पक्ष बिग्रिएको थियो। अहिले सबैको सहयोगले अस्पतालमा गुणस्तरीय रचनात्मक सेवा दिएका छाै अहिले अस्पतालमा दैनिक ३०० जना ओपिडिमा  आउनुहुन्छ ५० जना भिडियो एक्सरे , एमरजन्सीमा ५० जना विरामी आउने गनुभएकाे छ सिमित जनशक्ति बाट  जिल्ला बासिलाई गुणस्तरीय सेवा उपलब्ध गराएका छाै 

अब यो अस्पतालको सेवा प्रभावकारी बनाउन कसरी अगाडि बढ्ने योजना छ?

पहिलो कुरा त यहाँको प्रमुखको रुपमा जिम्मेवारी लिइसकेपछि प्रशासनिक कामहरुको उचित व्यवस्थापन गर्दै अगाडि बढ्नु पर्ने हुन्छ। प्रशासनिक प्रणालीलाई बलियो बनाइसकेपछि यहाँको समस्या समाधान गर्दै जानुपर्छ। नागरिकको स्वास्थ्य जस्तो संवेदनशील विषयमा गम्भीर बन्नैपर्छ। नागरिकले कसरी चौबीसै घन्टा सहज, सुलभ, छिटो र गुणस्तरीय सेवा पाउँछन् भन्ने विषयमा ध्यान केन्द्रित गरी कार्य सम्पादन गरिरहेको छु  रातिको समयमा आउने बिरामीहरु ल्याब टेस्ट र एक्स-रेको लागि अन्यत्र जानुपर्ने अवस्था थियो। तत्काल आवश्यक जनशक्ति राखेर चौबीसै घन्टा यी सेवा सुचारु गरेका छौं। अस्पताल ५० वेडमा स्तरउन्नति भएता पनि १५शैयामा  चलेको छ यसका लागि प्रदेश सरकारले भाैतिक सरचनाकाे निर्माणकाे लागि अत्याधुनिक भवन निर्माण सहित विशेषज्ञ सेवा सुचारू गर्ने पहलकदमी गर्नुपर्छ ।

अस्पतालमा डाक्टर नै छैनन् भन्ने गुनासो आइरहन्छ, यहाँ डाक्टर दरबन्दीको अवस्था के छ? सबै पदपूर्ति भएको अवस्था हो?

दैनिकजसो ३ सयको हाराहारीमा बिरामी आउने अस्पतालमा प्रायः गरेर ३०/३२ वटा बेड बिरामीले भरिएका हुन्छन्। ५० शय्याको जिल्ला अस्पतालमा मेडिकल अधिकृत रएमडिजिपि गरि ७ जना छाै । १ जना एमडिजिवि म आफै छु अर्को एनजीओ निसाईमल गरि २ जना ५ जना मेडिकल अफिसरहरु करारमा हुनुहुन्छ। यो टिमलाई बिरामीको चाप रातदिन गरिरहेकाे छ  तैपनि हाम्रो टिममा आउनुभएका सबै डाक्टर निरन्तर र गुणस्तरिय सेवा प्रदान गरी अस्पतालको अवस्था सुधार गर्न प्रतिबद्ध भएर लाग्नुभएको छ। हाम्रो उद्देश्य भनेकै नागरिकको स्वास्थ्यप्रति सचेत बनी सहज रुपमा सेवा प्रदान गर्नु हो।

स्पतालप्रति नागरिकको गुनासो बढी छ। उता डाक्टरहरु हरेक बहानामा आउन चाहनु भएको छैन। यो दुवै किसिमको समस्यालाई कसरी समाधान गर्न सकिएला?

यो समस्या अन्त्यका लागि सबैले निजी स्वार्थभन्दा संस्थागत स्वार्थमा बढी ध्यान दिनुपर्छ। त्यसको लागि सबैतिरबाट पहल हुन जरुरी छ। नागरिक समाज, जनप्रतिनिधि, नगरपालिका, गाउँपालिका स्थानीय बासिन्दा लगायत सम्पूर्ण सरोकारवालामा मैले पनि केही गर्नुपर्छ भन्ने भावना हुनु जरुरी छ। बाहिरबाट आएका दुई-चार जना डाक्टरले मात्र गरेर केही हुँदैन। सबैले आआफ्नो क्षेत्रबाट अस्पतालको विकासमा सहयोग पु¥याउने र गुणस्तरीय सेवातर्फ ध्यान दिने हो भने यो अस्पताललाई प्रदेशकै नमुना अस्पतालको रुपमा विकास गर्न सकिन्छ। यो अस्पताल ५० शय्यामा स्वीकृत भएको अस्पताल हो, यो मापदन्ड अनुसारको विकास गर्न के गर्नुपर्छ?यो अस्पताल लाई १५ शय्याबाट ५० शय्यामा स्तरोन्नति भएता पनि हामी १५ शैयाबाट सेवा दिईरहेका छाै । MDGP आउनु भएको छ उहाँ निक साइमनबाट आउनु भएको हो। उहाँले हामीलाई धेरै सहयोग गर्नुभएको छ। वास्तवमा यो अस्पतालको विकासको लागि सबैको सहयोग आवश्यक छ। स्वास्थ्यकर्मीहरुको सुरक्षा लगायतका विषयमा स्थानीयबासी सहित सरोकारवाला सबै जिम्मेवार हुनुपर्छ। सबैको पहल आवश्यक छ। 

अस्पतालमा तपाईं आउनुभन्दा पहिला कस्ताकस्ता सुविधा थिए अहिले हजुर आएपछि अस्पतालमा के कै सुविधा थपिए ?

अस्पतालमा अत्याधुनिक उपकरणबाट अधिकांश रोगको जाँच गरिने ल्याब सेवा सञ्चालन गरिएको छ । थाइराइड, फङ्गसन टेस्टदेखि लिएर सबै प्रकारका बायोकेमेस्टिक टेस्ट, डिजिटल एक्स–रे, डप्लर अल्ट्रासाउन्ड सेवा, फिजियोथेरापी सेवालगायत सेवा नियमित सञ्चालन भएका छन् । दैनिक ५०/६० वटासम्म अल्ट्रासाउन्ड हुने गरेको छ । अन्य सामान्य शल्यक्रियालगायत हाइड्रोसिल, हर्नियालगायत रोगको शल्यक्रिया पनि सोही अस्पतालमा हुने गरेको छ । सिएस सेवा सञ्चालन गर्दा जिल्लामा ब्लड बैंक नभएर समस्या हुने तर शल्यक्रिया गर्नुभन्दा पहिला ब्लड दिने व्यक्तिलाई राखेर शल्यक्रिया गरिरहेका छाै आगामी दिनमा हामी डाईलाईसिस  सेवा सुचारू गर्ने याेजना छ ।

अस्पतालकाे स्तरउन्नतिकाे लागि के गनुपर्ला ? 

अस्पतालकाे स्तरउन्नतिकाे लागि लुम्बिनी प्रदेश सरकारले ध्यान दिनुपर्छ बिशेषज्ञ  दरबन्दी स्वीकृत गराउनुपर्छ अत्याधुनिक भवन निर्माणकाे लागि पहल गनुपर्छ  डायलासिस सेवाको लागि आर्थिक प्राविधिक सहयोग गनुपर्छ ।

स्थानीय सरकार र प्रदेश सरकार बाट कस्तो सहयोग पाउनुभएकाे छ ?

स्थानीय सरकार हाम्रो नजिकैको सन्धिखर्क नगरपालिका हाे नगरपालिकाले अहिलेसम्म रचनात्मक सकारात्मक सहयोग गदै आएको छ नगरपालिकाले शबबाहन गाडी उपलब्ध गराएकाे छ भने अस्पताल वरपरकाे बाटो समेत निर्माण गरिदिएको छ आँखा शिविरको लागि आबश्यक सामाग्री उपलब्ध गराएकाे छ 

अस्पतालमा लामाे समय देखि  अध्यक्ष रिक्त छ यसले काम गर्दा केही जटिलता आएको छैन ?

अस्पतालमा लामाे समयदेखि अध्यक्ष रिक्त हुनुहुन्छ राजनीतिक दाउपेजका आधारमा अस्पतालमा अध्यक्ष रिक्त छ नियुक्ति भएर आएका पनि सरकार फेरिदा यसलाई फेर्ने परम्परा बढेको छ अध्यक्षले ३ वर्षकाल काम गनुपर्छ अध्यक्ष नहुदा केही प्रशासनिक काममा असहजता हुन्छ 

अन्त्यमा के भन्न चाहानुहुन्छ

अर्घाखाँची अस्पतालकाे बारेमा जिज्ञासा चासो राखेर जिल्ला बासिमा विचार बिर्मश गर्ने अबसर दिनु भएकोमा तपाईं र तपाईंको मिडिया प्रती आभारी छु

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार