मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |
मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |


भारतको स्वतन्त्रता दिवसको अवसरमा शुभकामना आदानप्रदान

Ujyalosandeshonline 11005+ समाचार ( )
३१ श्रावण २०८२, शुक्रबार

भैरहवा । भारतको ७९ औ स्वतन्त्रता दिवसको अवसरमा भैरहवामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल भारत मैत्री संघ जिल्ला शाखा रुपन्देही र संघकै बेलहिया उपशाखाको संयुक्त आयोजना शुक्रबार नेपाल र भारतका प्रतिनिधी बिच शुभकामना आदानप्रदान गरिएको हो । 

कार्यक्रममा दुवै देशका प्रतिनिधिहरूले नेपाल र भारतबीचको वर्षौंदेखिको सामाजिक, सांस्कृतिक, र ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै लैजानुपर्नेमा जोड दिए । उनीहरूले स्वतन्त्रता दिवसले दुवै देशका जनतालाई आपसी सद्भाव र मित्रता कायम राख्न प्रेरणा दिने विश्वास व्यक्त गरे ।

यस किसिमका कार्यक्रमले दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै जनता–जनताबीचको सम्बन्धलाई पनि बलियो बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने कार्यक्रमका सहभागीहरूले बताएका छन् ।

कार्यक्रममा बोल्दै नेपाल भारत संघ केन्द्रिय वरिष्ठ उपाध्यक्ष वासुदेव रिमालले ७० वर्षभन्दा बढीको इतिहास भएको नेपाल भारत मैत्री संघले दुई देशका जनताबीचको युगोंदेखिको सम्बन्धलाई जतन गर्न र सुदृढ पार्न महत्त्वपूर्ण भूमिका खेलेको बताए । मैत्री संघले नेपालभर तल्लो तहमा विशेष गरी जनता देखि जनताः सम्मको स्तरमा मित्रताको सन्देशलाई प्रवर्द्धन गरी पारस्परिक समझदारी र सद्भावनालाई अगाडि बढाउन अमूल्य योगदान पुऱ्याएको उनले बताए । 

रिमालले नेपाल र भारत छुट्टाछुट्टै छूट सार्वभौमसत्ता सम्पन्न राष्ट्र भएपनि दुवै देश सांस्कृतिक, वैदिक, पौराणिक र दार्शनिकरूपमा समान पृष्ठभूमि र आधार बोकेका मुलुक भएको जिकिर गरे । 

यसै गरि नेपाल भारत मैत्री संघ रुपन्देही शाखाका अध्यक्ष श्रीचन्द गुप्ताले आदिमकालदेखि नै चाहे त्यो राम र जानकीको रूपमा होस् वा गौतम बुद्धको मार्गदर्शनको स्वरूप, चाहे ज्ञान प्राप्तिको विषय होस् वा बौद्धिक आदानप्रदानको विषय, जसले गर्दा आजसम्म पनि दुई देशबीच सुमधुर सम्बन्ध कायम रही आएको बताए । हिमालय र गंगा तथा पशुपति र तिरूपतिजस्ता प्राकृतिक-धार्मिक विम्ब र प्रतीकका आधारमा व्याख्या गरिने र सामाजिक-सांस्कृतिक दृष्टिले घनिष्ठ मानिने नेपाल-भारत परम्परागत सम्बन्धहरुलाई अझै घनिभूतरूपमा अगाडि बढाउनुपर्ने उनले बताए ।

संघका पूर्व केन्द्रीय अध्यक्ष एवम केन्द्रिय सल्लहकार मुरारीलाल अग्रवालले नेपाल-भारत सम्बन्धको विकल्प भनेकै आपसी सद्भाव, सह-अस्तित्व र समझदारीमा आधारित असल नेपाल-भारत सम्बन्ध नै रहेको बताए । आपसी हित, समझदारी र सदभावको जगेर्ना तथा संवर्द्धन र संरक्षण गरी एकीकृत विकासको दीर्घ सोचसहितको मूल लक्ष्य लिएर घनिभूत सम्बन्ध स्थापना नै आजको प्रमख माग रहेको उनको जिकिर थियो । 

नेपाल भारत मैत्री संघका सचिव मधुसुदन खनालको सन्चालन र पूनम अग्रवालको स्वागतमा सम्पन्न भएको शुभकामना आदानप्रदान कार्यक्रममा संघला केन्द्रिय सदस्य एजाज वारिस, मोहनराज शर्मा, बेलहिया उपशाखाका अध्यक्ष पशुपती कान्दु, मणिग्राम उपशाखाका अध्यक्ष डोलराज पाण्डे, धकधइ उपशाखाका अध्यक्ष  बेचन गुप्ता, भैरहवा नमूना माविका प्रअ, बासुदेव पौडेल, बेलहिया माविका प्रअ बीना भण्डारी, संघका जिल्ला कोषाध्यक्ष नलिन शर्मा, भारत तर्फका वरिष्ठ उपाध्यक्ष राजु गुप्ता लगायतले बोलेका थिए । कार्यक्रममा संघका नव निर्वाचित केन्द्रिय सदस्यलाइ स्वागत गर्नुका साथै भैरहवा नमुना मावी र बेलहिया माविका विद्यार्थीहरुको लागि शैक्षिक सामाग्री समेत विततण गरिएको थियो ।

प्रतिक्रिया

मिलिंद प्रधान संपादक, मासिक अनुबोध, भारत, महाराष्ट्र, कोल्हापूर ३२ श्रावण २०८२, शनिबार

बहोत शुभ कामना ! नेपाल जन को ! भारत नेपाल मैत्र संघ को !

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार