मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

तीन वर्षमा पनि बनेन रेसुङ्गा सभाहल

रासस 695+ समाचार ( )
२३ मंगशिर २०८२, मङ्गलबार

गुल्मी । यहाँको रेसुङ्गा नगरपालिकामा निर्माणाधीन अत्याधुनिक सभाहल निर्माण तीन वर्षसम्म पनि सम्पन्न भएको छैन । हालसम्म ७५ प्रतिशत मात्र भौतिक प्रगति भएको छ । सङ्घीय सरकारअन्तर्गत सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालयबाट भ्याटसहित रु १४ करोड १७ लाख १३ हजार ९३७ लागतमा तीन वर्षअघि निर्माण सुरु गरिएको थियो । सदरमुकाम तम्घास नजिकै रेसुङ्गा नगरपालिका–४ स्थित अर्खलेमा निर्माणाधीन उक्त सभाहल जिल्लाकै ठूलो र अत्याधुनिक बन्न लागेको हो ।  

सघन सहरी तथा भवन निर्माण आयोजनाका इञ्जिनियर घनश्याम यादवकाअनुसार निर्माणाधीन सभाहलको हालसम्म ७५ प्रतिशत भौतिक र ६५ प्रतिशत वित्तिय प्रगति भएको छ । सभाहल निर्माणको जिम्मा विसं २०७९ कात्तिक २७ गते डिएनडी सत्तेश्वर -याकेट जेभीले लिएको थियो । तोकिएको समयमा काम सम्पन्न नगरेपछि २०८२ चैत मसान्तसम्म म्याद थप गरिएको इञ्जिनियर यादवले बताउनुभयो । उहाँले यसअघि विभिन्न समस्याका कारण सभाहल निर्माणमा ढिलाइ हुँदा म्याद थप गर्नुपरेको बताउनुभयो ।   

आगामी चैत मसान्तसम्म सभाहल निर्माण सम्पन्न गरी भवन हस्तान्तरण गर्ने गरी काममा तीव्रता दिन निर्माण व्यवसायीलाई आयोजना कार्यालयले ताकेता गरिरहेको छ । पाँच रोपनी क्षेत्रफलमा निर्माण भइरहेको उक्त सभाहल दुई तलासहित अग्नी नियन्त्रण, भूकम्प प्रतिरोधि, अत्याधुनिक कोठा, गार्डेन, पार्किङ र दुई वटा हल गरी आधुनिक किसिमबाट निर्माण हुन लागेको हो ।

सभाहलमा एकातिर १०८ जना क्षमताको बहुउद्देश्यीय र अर्कोतिर ४३२ जना क्षमताको मुख्य हल गरी कूल ५४० जना क्षमताको हुने जनाइएको छ । सभाहलको सजावटसँगै फर्निचर व्यवस्थापन, गार्डेन र कम्पाउण्ड निर्माण भइरहेको निर्माण व्यवसायी धनिश्वर गौतमले जानकारी दिनुभयो । उहाँले निर्माणको काममा तीव्रता दिएको बताउनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार