मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

"व्यवस्था फेरियो, मर्चवारको मुहार फेरिएन": हिलाम्मे सडकले बढायो स्थानीयको सास्ती र आक्रोश

जैसमोहम्मद खान 76+ समाचार ( )
१९ श्रावण २०८२, आइतबार

मर्चवार । रूपन्देहीको मर्चवारलाई सदरमुकाम भैरहवासँग जोड्ने मुख्य सडक जीर्ण र हिलाम्मे हुँदा हजारौं स्थानीयको दैनिक जीवन कष्टकर र जोखिमपूर्ण बनेको छ। सिँचाइको पानीले खेतमा खुसी ल्याए पनि सडकमा जम्ने पानी र हिलोले विद्यार्थी, कर्मचारी र व्यवसायीलाई सास्ती दिएको छ।

केही वर्षअघि कालोपत्रे गरिएको सडक अहिले खाल्डाखुल्डीमा परिणत हुँदा सामान्य वर्षामा समेत पोखरी जस्तै देखिन्छ। सडकको दुरावस्थाका कारण सवारी दुर्घटना बढेका छन् । प्रहरीको तथ्यांकअनुसार, गत आर्थिक वर्षमा मात्रै यस सडकखण्डमा भएका ८५ दुर्घटनामा चार जनाले ज्यान गुमाएका छन् ।

स्थानीय बासिन्दाले सडक मर्मतमा स्थानीय, प्रदेश र संघीय सरकारबीच समन्वय नभएको र एकअर्कालाई दोष देखाएर पन्छिने गरेको गुनासो गरेका छन् । चुनावमा सडक बनाउने वाचा गर्ने नेताहरूले जितेपछि बेवास्ता गरेको भन्दै स्थानीयले आक्रोश व्यक्त गरेका छन्। साथै, प्रदेश सरकारले चार वर्षअघि सुरु गरेको बेथरी-मर्चवार चार-लेन सडक योजना पनि बजेट अभावमा अलपत्र परेको छ। आधारभूत पूर्वाधारबाट वञ्चित मर्चवारवासीको एउटै गुनासो छ- "देशमा व्यवस्था फेरियो, तर मर्चवारको मुहार फेरिएन।"

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार