मुख्य समाचार
सरकारी सेवा प्रभावकारी बनाउन सञ्चारमन्त्री डा.तिमिल्सिनाको निर्देशन | सरकारी कर्मचारीलाई खुसीको खबर : अब महिनाको दुई पटक तलब पाइने | एनओसी सेवा अब पूर्णतः ‘फेसलेस’, घरैबाट प्रिन्ट गर्न सकिने | रौतहटमा ५ लाखभन्दा बढी स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै | पाल्पा प्रहरीको चैत्र महिनाको प्रगति विवरण सार्वजनिक: अपराध नियन्त्रण र राजस्व संकलनमा उल्लेख्य सफलता | स्थानीय तहको संख्या र सीमाना हेरफेरका लागि सरकारले माग्यो सुझाव | एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन | रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" |

लुम्बिनी प्रदेशः गौरवका आयोजना कार्यान्वयन प्राथमिकता

Ujyalosandeshonline 11011+ समाचार ( )
२३ कार्तिक २०८१, शुक्रबार

दाङ–लुम्बिनी प्रदेश सरकारले प्रदेश गौरवका आयोजना कार्यान्वयनलाई प्राथमिकतामा राखेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश गौरवका आयोजना कार्यान्वयनलाई प्राथमिकतामा राखेर काम अघि बढाउनु भएको छ । प्रदेश सरकारले गौरवका आयोजनाको कार्यान्वयनलाई बजेट र कार्यक्रममा समेत प्राथमिकतामा राख्दै आएको छ ।

प्रदेशको आर्थिक विकासलाई नयाँ उचाईमा पु¥याउन गौरवका आयोजनाले योगदान गर्ने विश्वास गरिएको छ । स्वास्थ्य, शिक्षा, प्रशासनिक क्षेत्र, सडक पूर्वाधारलाई प्राथमिकतामा राखेर गौरवका आयोजना तय गरिएको छ ।‘प्रदेश गौरवका आयोजनाहरुको कामलाई तिब्रता दिइएको छ । बजेट विनियोजनमा प्राथमिकतामा राखेर कार्यान्वयन तहलाई चुस्त बनाएका छौं’मुख्यमन्त्री आचार्यले भन्नुभयो,‘प्रदेश गौरवका आयोजनालाई प्रदेश सरकारले गौरवका साथ अघि बढाएको छ ।’ 

स्वास्थ्य उपचार सेवालाई प्रभावकारी बनाउन बुटवलमा सुविधा सम्पन्न अस्पताल निर्माणको काम अघि बढेको छ । सुविधासम्पन्न १२ तले एक हजार दुई शैया रहने यस अस्पताल भवन निर्माणको काम अघि बढेको छ । ६ अर्ब १८ करोड बढीको लागतमा २०८५ साल पुससम्ममा निर्माण सम्पन्न गर्नेगरी शिलान्यास गरेर निर्माणको काम अघि बढेको हो । यो अस्पताल निर्माण सम्पन्न भएर सेवा सञ्चालनमा आए बुटवल स्वास्थ्य हवको रुपमा विकासित हुने छ । अहिले देखिएका उपचारका जटिलताहरु समाधान भएर जाने विश्वास सरकारले लिएको छ ।

प्रदेशको प्रशासनिक सेवालाई प्रभावकारी बनाउन सुविधा सम्पन्न प्रशासनिक केन्द्र निर्माणको काम धमाधम भइरहेको छ । प्रदेश राजधानी राप्ती उपत्यका (देउखुरी) मा ३ अर्ब ९ करोड रुपैयाँको लागतमा प्रशासनिक केन्द्र जसमा मुख्यमन्त्री कार्यालय सहित १० वटा मन्त्रालय रहने गरी कार्य तीव्र रुपमा अघि बढेको छ । २०८२ सालभित्रै निर्माण सम्पन्न हुने लक्ष्य सहित हाल ६५ प्रतिशत काम पूरा भइसकेको छ । साथै, १ खर्बको लागतमा २० वर्षभित्र आधुनिक सहर निर्माण सम्पन्न गर्ने लक्ष्य अनुसार सरकारले नदी सभ्यतामा आधारित नमुना सहरका लागि साझेदार एवं लगानीकर्ता खोज्न सरकारले पहल लिएको छ । 

बाँके जिल्लाको खजुरामा प्राविधिक विश्व विद्यालय स्थापना गरी सूचना प्रविधि, इन्जिनियरिङ, कृषि लगायत अध्यापन गराईँदै आएको छ । प्राविधिक, दक्ष जनशक्ति उत्पादनका लागि थप पहल गर्नेसरकारको योजना रहेको छ । प्रदेश सरकारले यस सडक आयोजनालाई गौरवको आयोजनाको रुपमा अघि बढाउँदै विभिन्न सडक खण्डलाई बहुबर्षीय आयोजनाका रुपमा काम अघि बढाउने निर्णय गरिएको छ । रामपुर–जिनाबाङ सडक स्तरोन्नति योजनालाई प्रदेश सरकारले गौरवको आयोजनाको रुपमा अघि बढाएको छ । प्रदेश सरकारले यस सडक आयोजनालाई गौरवको आयोजनाको रुपमा अघि बढाउँदै बहुबर्षीय आयोजनाका रुपमा काम अघि बढाएको छ । 

लुम्बिनी प्रदेश सरकारले आर्थिक बर्ष २०७६\०७७ मा पाल्पाको रामपुरदेखि पश्चिम उत्तर रोल्पाको जिनावाङ जोड्ने सडकलाई प्रदेश गौरवको आयोजनमा राखेर निर्माण शुरु गरेको गरेको हो । चार जिल्लामा ८ चरणमा काम थालिएको यो सडक निर्माणको कामलाई तिब्रता दिनेगरी काम अघि बढेको भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले बताउनु भयो ।

यस बर्ष सडक निर्माणको लागि बजेट रहेको समेत जानकारी दिनुभयो । करिब ३ सय किलोमिटर अनुमान गरिएको यो सडक ४ जिल्लाका सडक पूर्वाधार कार्यालय र प्रदेश भौतिक पूर्वाधार निर्देशनालयलले हेर्दै आएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार