अर्घाखाँची । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड, अर्घाखाँची शाखाद्वारा मृत्युदावी बापतको बीमा रकम हस्तान्तरण गरिएको छ। पाणिनी गाउँपालिका–१, अर्घाखाँचीका बासिन्दा ओमबहादुर सारुले केही वर्षअघि जीवन बीमा गर्नुभएको थियो । उपचारको क्रममा उहाँको निधन भएको थियो।
स्वर्गीय सारुले २ लाखको बीमा गर्नुभएको थियो र वार्षिक १४ हजारको दरले जम्मा ६ किस्ता मात्र तिर्नुभएको थियो। आज शाखामा एक शोक कार्यक्रममार्फत उहाँको श्रीमती शान्ति सारु मगरलाई रु २ लाख ५० हजार बराबरको बीमा रकम हस्तान्तरण गरिएको हो। रकम शाखा प्रमुख दिनेश सुनारले connect Ips मार्फत बिमितको श्रीमतिको खातामा पठाइएको समेत जानकारी दिनु भयो ।
शाखा प्रमुख सुनारले दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै , “जीवन बीमा जीवनको अपत्यारिलो क्षणमा परिवारलाई आर्थिक राहत दिनसक्ने बलियो आधार हो। स्व. ओमबहादुरजस्तो बीमितले केही किस्ता मात्र बुझाएर पनि आफ्नो परिवारलाई संकटको समयमा सहारा दिन सक्नु भएको छ। यसले जीवन बीमाको आवश्यकता र प्रभावलाई अझ प्रस्ट पारेको समेत जनाउनु भएको थियो ।