मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

भैरहवा राजस्व कार्यालयद्वारा लक्ष्यभन्दा १ अर्ब १५ करोड बढी राजस्व सङ्कलन

Ujyalosandeshonline 12441+ समाचार ( )
७ मंगशिर २०८२, आइतबार

भैरहवा । भैरहवास्थित आन्तरिक राजस्व कार्यालयले चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा उत्साहजनक नतिजा निकाल्दै लक्ष्यभन्दा १ अर्ब १५ करोड ७८ लाख ५१ हजार रुपैयाँ बढी राजस्व सङ्कलन गरेको छ । कार्यालयले साउनदेखि कात्तिकसम्म ४ अर्ब २३ करोड ६८ लाख १४ हजारको लक्ष्य पाएकोमा ५ अर्ब ३९ करोड ४६ लाख ६५ हजार रुपैयाँ असुली गरी लक्ष्यको १२७.३ प्रतिशत प्रगति हासिल गरेको हो ।

प्रमुख कर अधिकृत प्रेमराज पोख्रेलका अनुसार यो सङ्कलन गत आर्थिक वर्षको तुलनामा ५१.५ प्रतिशतले बढी हो । कुल राजस्वमा अन्तःशुल्कको हिस्सा ८२.६ प्रतिशत रहेको छ भने मूल्य अभिवृद्धि कर र आयकरतर्फ पनि राम्रो असुली भएको छ । कार्यालयअन्तर्गत रहेका ६४ हजारभन्दा बढी करदाता, उद्योगी–व्यवसायी र कर प्रशासनको प्रभावकारी समन्वयका कारण प्रत्येक महिना लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गर्न सम्भव भएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार