मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

निमित्तको भरमा चलिरहेका बाजुराका स्थानीय तहमा प्रशासकीय अधिकृतको दरवन्दी

Ujyalosandeshonline 12437+ समाचार ( )
२२ भाद्र २०८२, आइतबार

बाजुरा । निमित्त भरमा चलिरहेका बाजुराका स्थानीय तहले प्रमुख प्रशासकीय अधिकृत पाएका छन्।बुढीगंगा नगरपालिका बाहेक जिल्लाका अन्य ८ स्थानीय तह निमित्तको भरमा चलिरहेका थिए।

हालै संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै पालिकामा प्रमुख प्रशासकीय अधिकृत पठाएको हो ।९ वटा स्थानीय तह जसमा ४ वटा नगरपालिका र ५ वटा गाउँपालिका रहेको बाजुरामा बुढिगङ्गाले मात्रै उपसचिव पाएको थियो।

२०८१ फागुनमा मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतमा अम्मरराज जोशीलाई पठाएपछि बुढिगङ्गा नगरपालिकाले उपसचिव पाएको थियो भने अन्य पालिका निमित्तकै भरमा थिए । निमित्तकै भरमा चलेको हिमाली गाउँपालिकामा पनि केही महिनाअघि प्रमुख प्रशासकीय अधिकृतका रुपमा शाखा अधिकृत कुल बहादुर थापा आएका छन्।

यता कर्णाली पारिको स्वामीकार्तिक खापर गाउँपालिमा पनि  प्रशासकीय अधिकृतका रुपमा देवराज चौधरी रहेका छन्।  जगन्नाथ गाउँपालिकामा पनि मन्त्रालयले हालै शाखा अधिकृत दिलिप सुवेदीलाई प्रमुख प्रशासकीय अधिकृतका रुपमा खटाएको छ । बुढीनन्दा नगरपालिकामा  मन्त्रालयले उपसचिव भोजराज भट्टलाई खटाएको छ भने सदरमुकाम स्थित बडीमालिकामा उपसचिव लोकराज जोशीलाई प्रमुख प्रशासकीय अधिकृतका पठाईएको छ ।

त्यस्तै त्रिवेणीमा नगरपालिकामा उपसचिव सत्यराज जोशी, गौमुल गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा शाखा अधिकृत नविन पोखरेललाई आउँने भएका छन् भने खप्तड छेडेदह गाउँपालिकामा शाखा अधिकृत घनश्याम अर्याल आउँने छन्।सम्पूर्ण पालिकाले हाकिम पाए स्थानीय तहको प्रशासनिक काम कर्तव्य,योजना,तर्जुमा सेवा प्रवाहको गति र कार्यकुशलतामा वृद्धि हुने अपेक्षा लगिएको छ ।

 संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले बिहिबारबाट देशभरका गाउँपालिका र नगरपालिका ‘निमित्त प्रमुख प्रशासकीय अधिकृत’ विहिन बनाइएको घोषणा गरेकी थिईन् ।उनका अनुसार न्यौपानेले कार्यभार समाल्दा देशभरीका ७५३ मध्ये २ सय पालिका निमित्तका भरमा चलिरहेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार