काठमाडौंको मखनटोलमा आगलागी, एक जनाको मृत्यु

Ujyalosandeshonline 11020+ समाचार ( )
१ जेठ २०८२, बुधवार

काठमाडौं । काठमाडौंको मखन टोलमा आगलागी भएको छ । आज बिहान ६ ः ५० बजे  काठमाडौं महानगरको वडा नम्बर २४ स्थित मखन टोल महादेव चोकमा रहेको एक घरमा आगलागी भएको हो ।दयाराम श्रेष्ठको घरको तेस्रो तल्लामा ग्यास लिक भएर आगलागी हुँदा छेउमै रहेको रुकेश श्रेष्ठको पाँच तले घरमा पनि आगलागी भएको हो । तर ६ वटा दमकलको  प्रयासपछि बिहान ८ बजेर  ५३ मिनेटमा आगो  नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी प्रवक्ता अपिल राज बोहराले जानकारी दिए ।

उनले भने, ‘बिहान ६ : ५० बजे काठमाडौं महानगरको वडा नम्बर २४ स्थित मखन टोल महादेव चोकमा रहेको दयाराम श्रेष्ठको घरको तेस्रो तल्लामा ग्यास लिक भएर आगलागी भएको हो । त्यो  आगो पछि छेउमै रहेको रुकेश श्रेष्ठको पाँच तले घरमा पनि आगलागी भयो । तर ६ वटा दमकलको प्रयासपछि बिहान ८ बजेर  ५३ मिनेटमा आगो  नियन्त्रणमा लिइएको छ । एक जना अन्दाजी ७० वर्षकी महिलाको मृत्यु भएको छ जसको नाम खुल्न सकेको छैन । एक जना अन्दाजी ३८ वर्षकी महिलाको ट्रमा सेन्टरमा उपचार भैइरहेको छ ।’साथै  उक्त आगलागीमा परि एक जना महिलाको मृत्यु भएको  छ , भने एक जना घाइतेको ट्रमा सेन्टरमा उपचार भैइरहेको बोहराले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार