मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

अख्तियारको टोलीद्वारा निमित्त प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तव पक्राउ

Ujyalosandeshonline 12437+ समाचार ( )
७ असार २०८२, शनिबार

रौतहट । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पर्साको बहुदरमाई नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तवलाई पक्राउ गरेको छ । काठमाडौँबाट खटिएको आयोगको टोलीले श्रीवास्तवलाई विभिन्न योजनाहरूको स्वीकृति, खरिद आदेश तथा ठेक्कासम्बन्धी प्रक्रियामा अनियमितता गरी अवैध रूपमा घुस लिएको आरोपमा पक्राउ गरेको हो । 

आयोगका अनुसार, श्रीवास्तवले सार्वजनिक पदको दुरुपयोग गरी व्यक्तिगत लाभ लिने उद्देश्यले गैरकानुनी रकम मागेको र लिएको प्रमाण भेटिएको छ। अख्तियारले  श्रीवास्तवविरुद्ध कानुनी कारबाही अघि बढाएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले श्रीवास्तव पक्राउ परेको पुष्टि गरेका छन् ।

उनका अनुसार अख्तियारको टोलीले निमित्त प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तवलाई  पक्राउ हो । अख्तियारले पक्राउ परेका श्रीवास्तवलाई आवश्यक कानुनी प्रक्रिया अघि बढाएको उनले जानकारी दिए ।घटनामा संलग्न अन्य व्यक्तिबारे पनि छानबिन भइरहेको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार