मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

रास्वपाको समानुपातिक सूचीमा ९,८३५ मतसहित दाङकी ‘जेन जी’ नर्स खिमा वि.क.

Ujyalosandeshonline 11005+ समाचार ( )
१६ पौष २०८२, बुधवार

दाङ । "कागजमा मात्र होइन कार्यान्वयनको प्रतिवद्दता" भन्ने मूल नारासहित राजनीतिमा होमिएकी दाङकी २६ वर्षीया नर्स खिमा वि.क. राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रतिनिधि सभा समानुपातिक सदस्यको बन्दसूचीमा पर्न सफल भएकी छिन्। दाङको दङ्गीशरण गाउँपालिका–२ की स्थायी बासिन्दा खिमाले रास्वपाको लोकतान्त्रिक अभ्यास अन्तर्गत भएको ‘प्रारम्भिक निर्वाचन’ मा देशभरका पार्टी सदस्यहरूबाट ९,८३५ मत प्राप्त गर्दै उत्कृष्ट नतिजा हासिल गरेकी हुन्।

यो जनसमर्थनसँगै उनी आगामी २०८२ सालको निर्वाचनका लागि दलित महिला तर्फ दाङबाट एकल सिफारिसमा पर्दै बन्दसूचीमा स्थान सुरक्षित गर्न सफल भएकी छिन्। स्वास्थ्य पेसामा रहँदा देखेका बेथितिहरूलाई नजिकबाट नियालेकी खिमाले सुलभ स्वास्थ्य सेवा, सुशासन, समानता र श्रमको सम्मानलाई आफ्नो मुख्य राजनीतिक एजेन्डा बनाएकी छिन् ।

परम्परागत राजनीतिभन्दा फरक सोच राख्ने उनले योजनालाई कागजमा मात्र सीमित नराखी कार्यान्वयनमा लैजानुपर्ने र त्यसका लागि अबको नेतृत्व ‘जेन जी’ (Gen Z) पुस्ताले लिनुपर्नेमा जोड दिएकी छिन्। युवा जोश, वौद्धिकता र स्वास्थ्य क्षेत्रको अनुभव संगालेकी खिमाको उम्मेदवारीलाई दाङमा निकै आशा र चासोका साथ हेरिएको छ।

प्रतिक्रिया

Padam Kc २० पौष २०८२, आइतबार

धेरै राम्रो हो प्राय अब जे एन जि युबा युवती हरुलाइ धेरै मात्र मा उम्मेद्वार बनाएर जिताइ देस बनाउन पठाउनु हाम्रो कर्तब्य हो

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार