मुख्य समाचार
रौतहटमा ५ लाखभन्दा बढी स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै | पाल्पा प्रहरीको चैत्र महिनाको प्रगति विवरण सार्वजनिक: अपराध नियन्त्रण र राजस्व संकलनमा उल्लेख्य सफलता | स्थानीय तहको संख्या र सीमाना हेरफेरका लागि सरकारले माग्यो सुझाव | एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन | रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक |

सानेपामा चैत १६ गतेदेखि अन्तर्राष्ट्रिय महिला व्यापार मेला

Ujyalosandeshonline 11009+ समाचार ( )
९ चैत्र २०८०, शुक्रबार

काठमाडौं ।  महिला उद्यमी महासंघले चैत १६ देखि २० गतेसम्म सातौं अन्तर्राष्ट्रिय महिला व्यापार मेला आयोजना गर्ने भएको छ । मेलाको मुख्य उद्देश्य नेपालभित्र उत्पादित प्राकृतिक रेशाजन्य कपडाको विकास तथा प्रर्बद्धनका लागि प्रोत्साहन गरी विश्व बजारमा नेपाली उत्पादनको बजार विस्तार गर्नु रहेको महासंघले जनाएको छ ।  

शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत महासंघले सातौं अन्तर्राष्ट्रिय महिला व्यापार मेला चार दिनसम्म सञ्चालन गर्न लागेको जानकारी गराएको हो ।  

मेलाको संयोजक तथा महासंघको प्रथम उपाध्यक्ष दर्शना श्रेष्ठले हेरिटेज गार्डेन सानेपामा सातौं अन्तर्राष्ट्रिय महिला व्यापार मेला आयोजना गर्न लागेको जानकारी दिँदै मेलामा देशभरीबाट उत्पादित प्राकृतिक रेशाजन्य वस्तु तथा अन्तर्राष्ट्रिय क्षेत्रबाट महिला उद्यमीहरुले बनाएका उत्कृष्ट वस्तुहरुको प्रर्दशन गरिने बताइन् ।

नेपालमा उत्पादन भएका वस्तु तथा हस्तकलाका आन्तरिक बजार विस्तारसँगै निर्यात व्यापारलाई प्रर्बद्धन गर्ने उदेश्यले मेला आयोजना गर्न लागेको उल्लेख गर्दै संयोजक श्रेष्ठले थपिन, ‘मेलामा हस्तकलाका सामानहरुः प्राकृतिक रेशाजन्य वस्तुहरु, ढाका तथा बुनेका सामग्री, गलैंचा,हाते कागजका वस्तु, जैविक खाद्य पदार्थका स्वदेश तथा विदेशमा बनेका परिकारहरु,कृर्षिजन्य उत्पादनहरु, पुष्प सामग्री,जडिबुटीहरु, मूर्ती तथा गरगहना र सजावटका सामानका साथै विभिन्न सेवा प्रदायक संस्थाहरुबाट स्टलहरु प्रर्दशनीका लागि राखिने छन् ।’

‘स्वदेशी खाऔं, स्वदेशी लगाऔं, स्वदेशी उद्यमशीलतालाई प्रोत्साहन गरौं’ भन्ने नारासहित आयोजना हुन लागेको मेलाले हस्तकलाका वस्तुको महत्व दर्शाउने अपेक्षा आयोजकको छ । 

विभिन्न जिल्ला तथा राष्ट्रिय रुपमा महिला उद्यमीले उत्पादन गरेका वस्तुको स्टलहरु राखिनुको साथै भारत, पाकिस्तान र बंगलादेशमा उत्पादित वस्तुहरु मेलामा राखिने श्रेष्ठले जानकारी दिइन् । 

मेलाले उद्यमी महिलाहरुको सिप र सिर्जनालाई अगाडि ल्याएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा आफ्नो पहिचान बनाउन सघाउनुका साथै महिलाहरुलाई व्यवसायमा अगाडि बढ्न प्रोत्साहन गर्ने महासंघको बुझाइ छ । मेलाको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले १६ गते सानेपामा गर्नेछन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार