मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

खानेपानी मन्त्री यादवको गृह जिल्लामा पानी अभाव

Ujyalosandeshonline 12431+ समाचार ( )
२५ असार २०८२, बुधवार

रौतहट । पर्साको वीरगञ्ज महानगरपालिकाको विभिन्न वस्तीमा खानेपानीको अभाव भएपछि वरुण यन्त्र ( दमकल ) बाट वितरण गरिएको छ । लामो समयदेखि पानीको आपूर्ति अवरुद्ध हुँदा र चापाकलहरू पनि सुकेपछि खानेपानीको अभाव भएको हो । वीरगञ्ज महानगरपालिका र सखुवा प्रसौनी गाउँपालिकाले आफ्ना विभिन्न वडाहरूमा ट्याङ्कर मार्फत पानी वितरण कार्य गरिरहेको छ । 

वीरगञ्जका विभिन्न टोलमा पुगेर  मेयर राजेशमान सिंह आफै ट्यांकरबाट पानी वितरण गर्दै आएका छन । सिंहका अनुसार समस्या समाधानका लागि दीर्घकालीन योजना अघि बढाउने तयारी भइरहेको छ । तत्कालका लागि ट्यांकरमार्फत पानी आपूर्ति गरी जनतालाई सहजता दिन नगरपालिकाले पहल थालेको उनको भनाइ छ । 

सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादवले पनि पालिकाको वस्तीमा ट्यांकरमार्फत पानी वितरण गरिरहेका छन । खानेपानी मन्त्रीकै गृह  जिल्लामा पानीको अभाव भएको भन्दै जनमत पाटीले वीरगञ्जमा विरोध जनाएको छ ।  तिनै तहको सरकारले खाने पानीको विषयमा गम्भीर हुनुपर्ने र तत्काल समाधान गर्नु पर्ने उनीहरुको माग छ ।  खाली घैँटो र बाल्टिनसहित ‘जल सत्याग्रह’ नारासहितको ब्यानर बोकेर विरोध गरेका हुन् ।

मधेस प्रदेशमा आफ्नै पार्टीको सरकार भए पनि खानेपानीको समस्या समाधान नभए मुख्यमन्त्री कार्यालय घेराउ गर्ने उनीहरुले चेतावनी दिएका छन  । संघीय सरकारका खानेपानी मन्त्री प्रदीप यादवले वीरगञ्ज महानगरपालिकाका विभिन्न प्रभावित वडा, टोल र घर–घरमा पुगेर स्थलगत अनुगमन गरेका छन । उनले खानेपानी समस्या समाधानका लागि सक्रिय पहल भइरहेको बताएका छन् ।

खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि वीरगञ्जमा एसियाली विकास बैंकको सहयोगमा चार अर्ब ५० करोड रुपैयाँ लागतको बृहत् खानेपानी आयोजना सञ्चालन भइरहेको मन्त्री यादवले जानकारी दिए । आयोजनाले खानेपानीको दिगो व्यवस्थापनमा महत्त्वपूर्ण योगदान पु¥याउने  उनको अपेक्षा छ । खानेपानी समस्या समाधानका लागी वीरगंज महानगरपालिकामा बैठक बसेको छ ।

पर्सा क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्य तथा संघीय खानेपानी मन्त्री यादव सहित वीरगंज महानगरपालिकाका नगरप्रमुख, कर्मचारी, नेपाल खानेपानी संस्थानका वारा र पर्साका प्रमुखको उपस्थिति वीरगंजको खानेपानीको समस्या समाधानका लागि छलफल भएको वीरगञ्ज महानगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार