मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

कार्यपालिकाको बैठक प्रत्यक्ष प्रसारण गर्नुपर्ने भन्दै ज्ञापन

Ujyalosandeshonline 12437+ समाचार ( )
८ फाल्गुन २०८१, बिहीबार

भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिकामा कार्यपालिका बैठकमै कुटाकुट भए पछि राजनैतिक दलका नेताहरुले पालिका बैठकलाई प्रत्यक्ष प्रसारण गर्नुपर्ने सहितका माग राख्दै गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृतलाई ज्ञापन पत्र बुझाएका छन् । 

ज्ञापन पत्रमा धकधई स्वास्थ्य चौकीमा एमबिबियस डाक्टरको माग राख्दै निशुल्क पाईने औषधी पनि वितरण गर्न आग्रह गरेको छ । लामो समय देखि सञ्चालनमा नरहेको स्वास्थ्य चौकीका एक्सरे मेशीन र भिडियो एक्सरे मेशनि पनि सञ्चालनको माग ज्ञापन पत्रमा उल्लेख रहेको छ ।

यसै गरि  रोहिणी गाउँ शिक्षा ऐन २०७४ को संघिय शिक्षा ऐन संग बाझिएको  हुदा संसोधित गाउ शिक्षा ऐन अनुसार हुनुपर्उँने माग गरिएको छ । संघिय शिक्षा ऐनमा शिक्षा समितिको म्याद २ वर्ष र गाउ शिक्षा ऐनमा ३ वर्ष भएकोमा अहिले गाउ शिक्षा ऐनमा पनि यसको म्याद २ वर्ष नै राखिएको छ । हाल गाउ शिक्षा ऐन अनुसार शिक्षा समिति स्वत: खारेज भएकोले यसको पुनर्गठन हुनुपर्ने माग समेत स्थानिय नेताहरुले उठाएका छन् । रोहिणी गाउँपालिकामा शिक्षक काज सरुवा कार्यविधि लागु भए पनि कार्यविधि विपरीत विद्यालयमा काज सरुवा गरेर प्रधानअध्यापकको जिम्मेवारी दिएको बताउदै कार्यविधि अनुसार नै गर्नुपर्ने माग अघि सारिएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सहायक महामन्त्री ताहिर अली, रोहिणी गाउँपालिकाका पूर्व अध्यक्ष सनोज कुमार यादव, नेकपा एमालेका जिल्ला सदस्य प्रदिप कुमार पाण्डे, नेपाली कांग्रेसका क्षेत्रिय सचिव बैजनाथ साहनी, नेपाली कांग्रेसका रोहिणी सभापति पारसनाथ योगी, एकिकृत समाजवादीका शिरेन्द्र कुर्मी, जनमत पार्टीका विष्णु चौधरी, रास्वपाका रोहिणी सभापति कृष्ण चन्द्र मिश्र, जनता समाजवादीका पार्टीका जय प्रकाश यादव र स्थानिय शतिश चन्द्र मिश्रले संयुक्त हस्ताक्षर गरि पालिकाका प्रमुख प्रशासकिय अधिकृतलाई ज्ञापन बुझाएका हुन्  ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार