मुख्य समाचार
सरकारी सेवा प्रभावकारी बनाउन सञ्चारमन्त्री डा.तिमिल्सिनाको निर्देशन | सरकारी कर्मचारीलाई खुसीको खबर : अब महिनाको दुई पटक तलब पाइने | एनओसी सेवा अब पूर्णतः ‘फेसलेस’, घरैबाट प्रिन्ट गर्न सकिने | रौतहटमा ५ लाखभन्दा बढी स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै | पाल्पा प्रहरीको चैत्र महिनाको प्रगति विवरण सार्वजनिक: अपराध नियन्त्रण र राजस्व संकलनमा उल्लेख्य सफलता | स्थानीय तहको संख्या र सीमाना हेरफेरका लागि सरकारले माग्यो सुझाव | एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन | रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" |

मर्चवारको विद्युत समस्यामा सुधार ल्याउन महदेइया सबस्टेशनको निर्माणमा तिब्रता

हृदयराम गुप्ता 8+ समाचार ( )
१७ माघ २०८१, बिहीबार

मर्चवार । रूपन्देहीको मर्चवार क्षेत्रमा निर्माण भइरहेको विद्युत सबस्टेशनको काम ४० प्रतिशत पूरा भएको छ । तीनवटा पालिकालाई लक्षित गरी निर्माण भइरहेको महदेइया सबस्टेशनको निर्माणकार्य पूरा भएपछि क्षेत्रका विद्युत समस्यामा स्थायी सुधार आउने प्राधिकरणले जनाएको छ ।

नेपाल विद्युत प्राधिकरण योजना शाखाका ईन्जिनियर जगदीशराज बरालका अनुसार, सबस्टेशनको सिभिल संरचनामा ३५ प्रतिशत र विद्युतीकरणमा ४० प्रतिशत काम सम्पन्न भएको छ । परियोजनाको सबै काम एक वर्षभित्र पूरा हुनेगरी तीब्र गतिमा कार्य भइरहेको ई.बरालले बताए ।

निर्माणका लागि इथोस पावर एसआईपीएस जेभीसँग २०७९ सालको फागुन महिनामा सम्झौता भएको थियो । उनले भने, “यद्दपि सो म्याद अब केही दिनमै सकिदैछ, तर पुनः म्याद थप गरेर आगामी एक वर्षभित्र यो परियोजना पूरागरि सबस्टेशनलाई सञ्चालनमा ल्याउने योजनामा हामी छौँ ।’’“साइटमा माटो परीक्षण, कागजी प्रक्रिया र विभिन्न सामग्रीको अभावका कारण निर्माण कार्यमा ढिलाई भएको हो’’ ई. बरालले भने, “अब अधिकांश सामग्री व्यवस्थापन भइसकेको छ र काम तीव्र गतिमा अघि बढिरहेको छ ।’’

निर्माण कम्पनीका योजना प्रबन्धक मुकुल सिंहले परियोजनाको डिजाइनमा ढिलाई भएकाले निर्माण कार्य समयमै पूरा हुन नसकेको बताए । उनले थपे, “डिजाइन प्राप्त भएपछि ४० जनाको टोलीले दैनिक रुपमा तीव्र गतिमा काम गरिरहेको छ । हालसम्म ८ सय ५० विद्युतीय पोलको जडान सम्पन्न गरिसकिएको छ ।’’ योजना प्रबन्धक सिंहलेले भने, “अब केही दिनमा पोलमा तार तान्ने काम गरिनेछ । तारपोल व्यवस्थापन पछि ट्रान्सफार्मरको व्यवस्था गरि लो भोल्टेज र विद्युत कटौतीको समस्या छिट्टै समाधान हुनेछ ।’’

मर्चवारको सम्मरीमाई, मर्चवारी र कोटहीमाई गाउँपालिका क्षेत्रमा विद्युत आपूर्तिको समस्या बिकराल छ । बत्ती बारम्बार जानु र लाइन ट्रिप हुनुका कारण उपभोक्ताका दैनिक गतिविधिहरू प्रभावित हुनेगरेको सम्मरीमाई गाउँपालिका वडा नं.७ का वडाध्यक्ष राधेश्याम कुर्मीले बताए । उनले भने, “मर्चवार जस्तो समृद्धिको सम्भावना राख्ने क्षेत्रका लागि विद्युतको नयाँ संरचना निर्माण र विस्तारका लागि आवश्यक कामहरू ढिलो हुँदै आएका छन् ।’’

महदेइयाँमा विद्युत सबस्टेशनको निर्माणपछि मर्चवार क्षेत्रमा विकासको नयाँ अध्याय शुरु हुने प्रदेश सभा सदस्य कन्हैया बनियाले बताए । विद्युतको समस्या क्षेत्रकै प्रमुख समस्यामध्ये एक रहेको उल्लेख गर्दै उनले भने, “यहाँ लो भोल्टेज र अनियमित बिद्युत कटौतीको समस्या छ । जसको सामना म सहित हरेक मर्चवारवासीले गर्नुपरेको छ । ’’ प्रदेश सभा सदस्य बनियाले भने ‘यो सब स्टेशन निर्माण पछि मर्चवार क्षेत्रको हरेक गाउँमा हुने विद्युतको समस्या अन्त्य हुन्छ ।

मलाई जनताले निर्वाचित गराएदेखि नै यो प्रोजेक्टको लागि विभिन्न निकाय सहित नेपाल विद्युत प्राधिकारणका निर्देशक कुलमान घिसिङ्गसंग पनि विभिन्न चरणमा भेटेर मर्चवारको विद्युत समस्या हल गर्न लागेको छु । यो विद्युत सबस्टेशन छिटो निर्माण कार्य सम्पन्न गराउन निरन्तर पहल गरिहेको छु ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार