मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

रुपन्देहीका पाँच वटै क्षेत्रमा उम्मेदवारी दर्ता

रासस 460+ समाचार ( )
७ माघ २०८२, मङ्गलबार

लुम्बिनी । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि यहाँका पाँच वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । जिल्लाका ५ वटै निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दलका उम्मेदवारले आज निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आ–आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । यहाँ निर्वाचन क्षेत्र नं २ मा  १९ दल र १७ जना स्वतन्त्र गरी ३६ जनाले उम्मेदवारी दर्ता गरेको निर्वाचन अधिकृत राजेन्द्र न्यौपानेले जानकारी दिनुभयो ।

यहाँ नेकपा (एमाले) बाट पूर्वउपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, नेपाली कांग्रेसबाट व्यवसायी पृष्ठभूमिका चुन्नुप्रसाद पौडेलले उम्मेदवारी दर्ता गराउनुभएको छ । यस्तै, नेपाल कम्युनिष्ट पार्टीबाट सुवास पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सुलभ खरेल र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कर्भिका थापाले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

यस क्षेत्रमा एमाले उपाध्यक्ष पौडेल २०६४ देखि लगातार चुनाव जित्दै आउनुभएको छ । उहाँ विसं २०६४, २०७०, २०७४ र २०७९ मा यही क्षेत्रबाट निर्वाचित हुनुभएको थियो । यस क्षेत्रमा एक लाख ३५ हजार ५० मतदाता रहेका छन् । उम्मेदवारी दर्तापछि नेता पौडेलले जिल्लालाई विकासको नमूनाका रूपमा विकास गर्न विगतमा धेरै योजना अघि बढाइएको र अझै पनि धेरै काम गर्न बाँकी रहेकाले आफूले उम्मेदवारी दिएको बताउनुभयो । 

निर्वाचन क्षेत्र नं ३ मा दलीय र स्वतन्त्र उम्मेदवार गरी ३६ जनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतले जानकारी दिनुभयो । उम्मेदवारमध्ये १७ जना राजनीतिक दलबाट र १९ जना स्वतन्त्र उम्मेदवार रहेको उहाँले बताउनुभयो ।

यस क्षेत्रबाट नेकपा (एमाले) का नेता वासुदेव घिमिरे, नेपाली कांग्रेसबाट सुशील गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा लेखजङ्ग थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पाइलट गौरव बोहरासमेतले उम्मेदवारी दिनुभएको छ । जिल्लाको क्षेत्र नं १ मा एमालेका दधिराम न्यौपाने, नेपाली कांग्रेसबाट हीराबहादुर केसी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रज्ज्वल बोहरा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सुनिल लम्साललगायतले उम्मेदवारी दर्ता गराउनुभएको निर्वाचन अधिकृत कपिल पौडेलले जानकारी दिनुभयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार