मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

थारु समुदायको १४ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरेका छौं : मुख्यमन्त्री आचार्य

Ujyalosandeshonline 11005+ समाचार ( )
१९ पौष २०८१, शुक्रबार

दाङ । दाङमा माघ साँस्कृतिक महोत्सव–२०८१ सुरु भएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शुक्रबार महोत्सवको उद्घाटन गरेका हुन् ।  महोत्सवको उद्घाटन मुख्यमन्त्री आचार्यले थारु समुदायको प्रदेशका हरेक निकायमा १४ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरिएको बताएका छन् ।

प्रदेशमा झण्डै १५ प्रतिशत थारु समुदायको जनसंख्या छ, त्यसलाई सम्बोधन गर्दै राज्यका हरेक निकायमा १४ प्रतिशत सुनिश्चित गरिएको र निजामती सेवामा प्रवेश गर्न आह्वान गरे । ‘प्रदेश निजामती सेवा ऐनले थारु समुदायको प्रतिनिधित्वलाई सुनिश्चित गरेको छ । अब नियमावली बनाएर कार्यान्वयनमा लैजान्छौं’उनले भने–‘थारु समुदायको प्रतिनिधित्वलाई राज्यले सम्बोधन गरेको छ । युवा पुस्ता अब आफ्नो समुदायको विकास र समृद्धिका लागि अघि बढ्न जरुरी छ ।’

मुख्यमन्त्री आचार्यले प्रदेशमा बोलिने थारु लगायत चलनचल्तीको भाषालाई सरकारी कामकाजको भाषा बनाउने गरी ऐन निर्माण गर्ने प्रतिवद्धता व्यक्त गरे । ‘छिट्टै ऐन निर्माण गरेर सरकारी कामकाजको भाषाको रुपमा सम्बोधन गर्छौं’उनले भने–‘थारु समुदायको कला, संस्कृतिलाई आर्थिक विकास र समृद्धिसँग जोड्न जरुरी छ । प्रदेश सरकारले प्राथमिकतामा राखेर कार्यान्वयन गरिरहेकोको छ ।’ थारु समुदायको कला, संस्कृतिको प्रबद्र्धन गर्न थारु संग्रहालय निर्माणमा प्रदेश सरकारले सहयोग गरेको उनले जानकारी दिए ।

थारु कल्याणकारीणी सभा दाङले थारु समुदायको कला संस्कृति प्रवद्र्धन गर्ने उद्देश्यले  माघ साँस्कृतिक महोत्सव आयोजना गरेको हो । पुसको २० गतेसम्म महोत्सव चल्नेछ । महोत्सवमा थारु नृत्य, थारु हस्तकलासँगै थारु परिकार माछा, घोंगी, गँगटा, सुँगुरको मासु, मुसाको मासु, ढिक्री, अनदीको रोटीलगायतका विभिन्न परिकार राखिएको छ ।

‘आर्थिक जागरण र साँस्कृतिक रुपान्तरण हाम्रो अभियान, सामाजिक न्यायसहित समृद्धिमा हाम्रो योगदान’ भन्ने मुख्य नारासहित माघ महोत्सव आयोजना गरिएको छ ।

थारु कल्याणकारी सभा दाङका सभापति अशोक कुमार चौधरीको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्री प्रचण्ड विक्रम न्यौपाने, उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री सीता शर्मा चौधरी, घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी, मतहवा महासंघका चन्द्रप्रकाश चौधरी, केन्द्रीय सल्लाहकार लक्ष्मी चौधरी लगायतले सम्बोधन गरेका थिए ।

थारु कल्याणकारीणी सभाले विभिन्न माग राख्दै १० बुँदे ज्ञापनपत्र मुख्यमन्त्री आचार्यलाई बुझाएको छ । थारु भाषालाई सरकारी कामकाजको भाषाको रुपमा प्रयोगमा ल्याउनुपर्ने, थारु समुदायको मतहवा परम्परालाई कानूनी मान्यता दिनुपर्ने लगायतका माग समेटिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार