मुख्य समाचार
मुस्ताङमा सेवाग्राहीको हातैमा राहदानी | मानव स्वास्थ्यमा असर पार्ने विषादी भएका तरकारी र दूधमा फेला | रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ | कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप | ‘मधेस सरकार विपद्प्रतिरोधी समाज निर्माण गर्न कटिबद्ध छ’ | स्वस्तिक आयलको मुद्दामा भन्सार प्रयोगशालासँग सात दिनभित्र जवाफ माग | बाह्र प्रमुख जिल्ला अधिकारी र छ सहसचिवको सरुवा तथा पदस्थापना | सवारी दुर्घटनामा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर | रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा | पश्चिमी प्रणाली सक्रिय, वर्षासँगै तराईमा तापक्रम बढ्ने |

पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा जोशी नियुक्त

Ujyalosandeshonline 11467+ समाचार ( )
१८ असार २०८१, सोमबार

काठमाण्डौँ ।  पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा सुभाष चन्द्र जोशी नियुक्त भएका छन् । सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हित बहादुर तामाङको अध्यक्षतामा बसेको पशुपति क्षेत्र विकास सञ्चालक परिषद्को बैठकले जोशिलाई कार्यकारी निर्देशक नियुक्त गरेको हो ।

खुल्ला प्रतिस्पर्धाबाट जोशी छनौट भएको मन्त्रालयले जनाएको छ ।  शिक्षा क्षेत्रको नेतृत्वदायी भुमिकामा रहेर झन्डै दुई दशकको अनुभव बटुलेका जोशीले आजै सपथ लिएका छन् । नवनियुक्त कार्यकारी निर्देशक जोशीले पछिल्लो कार्यविधि अनुसार आफू छनौट हुन सफल भएको भन्दै आफूले अब सबै पक्षसँग समन्वय गरेर आफूले सिकेका, जानेका कुराहरु अनुसार त्याहाँको बस्तु स्थिति अनुसार अगाडी बढ्ने प्रतिवद्धता जनाए । 

उनले पशुपति विश्वकै हिन्दुहरुको आस्थाको केन्द्र भएकाले त्यसलाई थप शसक्त बनाउने र विकासमा एउटा ईट्टा थप्ने आफ्नो प्रयत्न हुने बताए । 

पछिल्लो समय पशुपति विकास कोशको कार्यकारी निर्देशक  नियुक्ति प्रक्रियालाई लिएर आलोचना हुने गरेकोमा यो पटक मन्त्री तामाङको निर्देशनमा खुल्ला प्रतिस्पर्धा बाट नियुक्त गरिएको हो । केही समयदेखि रिक्त रहेको कार्यकारी निर्देशक पदमा यहीँ जेठ २३ गते  कोषको कार्यकारी निर्देशकमा खुला प्रतिस्पर्धाबाट नियुक्ति गर्नेगरी कोशले आवेदन माग गरेको थियो । 

पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकको पद नेपाल सरकारको राजपत्रांकित विशिष्ट श्रेणी वा सचिव सरहको पद हो । जोशीले आजै पदभार ग्रहण गर्नुभएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार