मुख्य समाचार
हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत | कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेश सरकारले छाला रोग स्क्रिनिङ अभियान चलाउने | दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित |

क्रसर तथा खानी उद्योग व्यवसायीहरुको पक्षमा नेकपा एस

Ujyalosandeshonline 12444+ समाचार ( )
७ असार २०८१, बिहीबार

काठमाडौं । आइतबारदेखि सडक आन्दोलनमा रहेका नेपाल क्रसर तथा खानी उद्योग व्यवसायीहरुका मागप्रति नेकपा (एकीकृत समाजवादी)ले ऐक्यवद्धता जनाएका छन् । 

विहीबार नेकपा एसका प्रमुख सचेतक मेटमणि चौधरी आन्दोलन स्थल माइतीघर मण्डलामै पुगेर गएर ऐक्यवद्धता जाहेर गरेका हुन् । 

‘स्वतन्त्रपूर्वक व्यवसाय गर्न पाउ भन्ने मागसहित सडकमा उत्रिनु भएका सबै व्यवसायीहरुको मागप्रति म र आवद्ध राजनीतिक दल नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीको तर्फबाट ऐक्यवद्धता जाहेर गर्न चाहन्छु । यसको साथै सधैँ साथ रहने प्रतिबद्धता पनि राख्न चाहान्छु ।’

उनले सरकार राजस्वको दायरा बढाउने भन्दा पनि आफ्नो कुर्सी जोगाउने र बचाउने खेलमा लागेको कारण उद्योगी, पेशा, व्यवसायीहरु धेरैका मागहरु अलपत्र रहेको बताए । 

उनले भने, ‘मैले के गर्नुपर्ने हो, हामीले के गर्नुपर्ने हो । नेपालमा पुँजीपतिहरुको संख्यामा कसरी वृद्धि गर्ने, राजस्वको दायरा कसरी बढाउने भन्दा पनि आफ्नो कुर्सी कसरी जोगाउने, बचाउने खेलमा मात्र सरकार रहेको छ । जसका कारण उद्योगी व्यवसायीहरु धेरैका मागहरु अलपत्र अवस्थामा छन् ।’ 

क्रसर तथा खानी उद्योग सम्बन्धी कानून पनि बन्दै गरेको भन्दै उनले सम्भवत यही महिनाभित्र कानूनको टुंगो लाग्ने आश्वासन दिए ।  सरकारले क्रसर उद्योगका नवीकरण नगरेको र मुद्दाहरु सम्बोधन नगरेको भन्दै व्यवसायीहरु आन्दोलित भएका हुन् । 

व्यवसायीहरुको माग सम्बोधन नभए नीजि क्षेत्र, नागरिक एवम पीडितहरु सडकमार्फत आन्दोलन चर्काउने भन्दै आन्दोलनबाट हुने क्षतीको जिम्मेवारी सरकारले लिनुपर्ने बताउँदै आइरहेका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार