मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

‘अहिलेको माहोल हावाहुरी मात्रै हो, एक–दुई वर्ष कुर्नुस् जनता फेरि हामीतिरै फर्किन्छन्’

Ujyalosandeshonline 12437+ समाचार ( )
२४ फाल्गुन २०८२, आइतबार

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले भर्खरै सम्पन्न निर्वाचनको मत–परिणामलाई लिएर निराश नहुन आफ्ना नेता, कार्यकर्ता र शुभचिन्तकहरूलाई आग्रह गरेका छन्। देशभरकै नतिजा उस्तै प्रकृतिको रहेको भन्दै उनले यसलाई कुनै व्यक्ति, नेता वा पार्टीको कमजोरी नभई ‘विशेष परिस्थितिको उपज’का रूपमा लिनुपर्ने बताएका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै अध्यक्ष राउतले ठूला र ऐतिहासिक पृष्ठभूमि बोकेका दलहरूको अवस्था पनि अहिले उस्तै रहेको औंल्याएका छन्। ७०–८० वर्षदेखि स्थापित, बृहत् सांगठनिक संरचना भएका र लाखौं प्रशिक्षित सदस्य रहेका पार्टीहरूसहित मधेश आन्दोलन वा पार्टी एकताबाट आएका दलहरूले समेत चुनावमा समान नियति भोगेको उनको भनाइ छ।

जनताले दिएको जनादेशलाई सहर्ष स्वीकार गर्दै विजयी उम्मेदवारहरूलाई सरकार चलाउन दिनुपर्नेमा राउतले जोड दिएका छन्। चुनावको विषयलाई लिएर अनावश्यक विश्लेषण र बहसमा अल्झिनुको साटो संयमित हुन उनले निर्देशन दिएका छन्।"पार्टीभित्र वा बाहिर कसैमाथि पनि आरोप–प्रत्यारोप वा रुखो भाषा प्रयोग नगर्नुहोला," राउतले भनेका छन्, "आफ्नो गाउँ–ठाउँमा सबैसँग विनम्र भएर प्रस्तुत हुनुहोस्, मतदातालाई धन्यवाद दिनुहोस् र निरन्तर जनताको सेवामा लागिरहनुहोस्।"

वर्तमान राजनीतिक माहोललाई ‘हावाहुरी’को संज्ञा दिँदै अध्यक्ष राउतले यस्तो परिस्थिति स्थायी नहुने दाबी गरेका छन्। कार्यकर्तालाई धैर्य गर्न आग्रह गर्दै उनले लेखेका छन्, "एक–दुई वर्ष मात्रै कुर्नुहोस्, सबै कुरा छर्लङ्ग हुन्छ र फेरि जनता हामीतिरै आउँछन्।" स्पष्ट एजेन्डा र सिद्धान्तले मात्र राजनीतिलाई समाजमा चिरकालसम्म जीवित राख्ने भन्दै उनले परिस्थितिजन्य नतिजाबाट अलिकति पनि विचलित नहुन सम्पूर्ण पङ्क्तिलाई अपिल गरेका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार