मुख्य समाचार
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह | भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण | आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन | नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको सुरुआत हुने विश्वास | ओझलमा ऐतिहासिक ढोलथान | चरा संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा जोड | मुस्ताङ अस्पतालमा बढे बिरामी | मुस्ताङमा सेवाग्राहीको हातैमा राहदानी | मानव स्वास्थ्यमा असर पार्ने विषादी भएका तरकारी र दूधमा फेला | रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ |

वीरगञ्ज भन्सार हुँदै छ महिनामा १८ अर्बका सवारीसाधन आयात

रासस 540+ समाचार ( )
१७ माघ २०८२, शुक्रबार

वीरगञ्ज (पर्सा) । वीरगञ्ज भन्सार हुँदै चालु आर्थिक वर्षको छ महिनामा रू १८ अर्ब १५ करोड मूल्य बराबरका सवारीसाधन तथा पार्टपुर्जा आयात गरिएको छ । गत वर्षको सोही अवधिको तुलनामा चालु आवमा छ अर्ब बढी मूल्यको सवारीसाधन र सवारीसाधनका पार्टपुर्जा आयात गरिएका हुन् । 

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले गत वर्षको तुलनामा सवारीसाधनको आयात ह्वात्तै बढेको बताउनुभयो । चालु आवको छ महिनामा सवारीसाधन आयातबाट मात्रै रु १३ अर्ब ९८ करोड राजस्व सङ्कलन भएको छ । जबकी गत आवको सोही अवधिमा रू १२ अर्ब ७७ करोडको सवारीसाधन भित्रिदा रू १० अर्ब २१ करोड राजस्व सङ्कलन भएको थियो ।

वीरगञ्ज नाका हुँदै चालु आवको छ महिनामा रु ९३ करोड मूल्यका ४३४ वटा जीप, कार र भ्यान आयात भएका छन् । त्यसैगरी रु चार अर्ब ५६ करोड मूूल्यका ३२ हजार ३३१ वटा मोटरसाइकल अन एसेम्बल्ड आयात भएको छ । रू एक अर्ब छ करोड मूल्य पर्ने ३८० वटा ट्रक, मिनी ट्रक आयात भएको छ । त्यसैगरी रू एक अर्ब २३ करोड मूल्य पर्ने १० हजार ७९७ वटा ट्याक्टर तथा ट्रिलर आयात भएको छ । रू एक अर्ब ३६ करोड मूल्य पर्ने ४५६ वटा विद्युतीय जीप, कार र भ्यानहरु आयात भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार