मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

संघीयताको आवश्यकता बुझाउन नसक्दा प्रदेशको औचित्य पुष्टि हुन सकेन : सभामुख पाठक

Ujyalosandeshonline 12441+ समाचार ( )
६ असार २०८१, बुधवार

हेटौँडा । बागमती प्रदेशका सभामुख भुवन कुमार पाठकले प्रदेश सरकारको आवश्यकता र औचित्य पुष्टि हुन नसकेको बताएका छन् । उनले संघीयता र प्रदेश सरकारको स्थायित्वका बारेमा औचित्य पुष्टि हुन नसक्दा निरन्तर प्रदेश सरकारमाथि प्रश्न उठ्ने गरेको बताए । 

मंगलबार कोशी प्रदेशका संसदीय पत्रकारहरुसँगको छलफलमा सभामुख पाठकले संघीयता र प्रदेश सरकारको आवश्यकताबारे नागरिकसम्म सचेतना पु¥याउनुपर्नेमा उनले जोड दिए । राज्य व्यवस्थालाई सशक्त र बलियो बनाउन प्रदेश सरकारको कार्यसम्पादन र भूमिका बढाउनुपर्नेमा उनले जोड दिए । प्रदेशसभालाई जनतासँग जोड्ने गरी कार्यक्रम सञ्चालन गर्नुपर्ने सभामुख पाठकको धारणा छ ।

‘प्रदेश सरकार र सङ्घीयताको स्थायित्व हुन नसक्दा विभिन्न कोणबाट प्रसार भएको छ । नागरिकहरूसम्म प्रदेश र संघीय संरचनाको मोडलको बारेमा बुझाई पुग्न सकेको छैन,’ उनले थपे, ‘नागरिकसम्म प्रदेश र संघीयताको सवाललाई पुर्याउन कार्यक्रम चलाउनुपर्छ । प्रदेश सभाले चलाएको नमुना युवा संसद् कार्यक्रमले संघीयताको स्थायित्वका लागि महत्वपूर्ण भूमिका खेलेको छ ।’

पछिल्लो समय युवा पुस्ताहरूमा राजनीति र राज्य संयन्त्र प्रति वितृष्णा बढ्दो रहेको उल्लेख गर्दै समाजमा नकारात्मक विषयले प्राथमिकता पाउन थालेको धारणा उनले राखे । पछिल्लो समय प्रविधिको विकाससँगै मिडिया क्षेत्रमा चुनौती थपिएको पाठकले धारणा राखे । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार